संगालोखबर
तस्बिरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । कोशी राजमार्गको साँगुरीगढीमा पर्ने सडक खण्डमा आज अपराह्न सुमो गाडी दुर्घटना भएको छ । धरानबाट भोजपुरका लागि गइरहेको गाडी साँगुरीगढी गाउँपालिका–६ मा पर्ने मालबाँसेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा भोजपुरको अरुण गाउँपालिका–४ का १५ वर्षीय राजकुमार तिरुवा विक, धरान उपमहानगर–१५ का ५६ वर्षीय वीरबहादुर विक, धरान–५ का ५१ वर्षीय सरमान बिक र भारतीय नागरिक ३० वर्षीय सञ्जय साह छन् । घाइतेहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परेको प्रदेश १–०२–००१ ज ३९१६ नम्बरको गाडीका चालक भोजपुरको अरुण गाउँपालिका–२ का २६ वर्षीय नेनाम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भेडेटारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन कार्कीका अनुसार गाडी ब्रेकफेल भइ अनियन्त्रित भएको थियो । त्यस क्रममा चालकले गाडीलाई भित्तातिर लैजान खोज्दा पल्टिएको उनले संगालोखबरलाई जानकारी दिए ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!