संगालोखबर

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो । 

Advertisement

मनुराज एयरलाइन्सकै कर्मचारी रहेको एवं उनकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत् रहेको जनाइएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । पाइलट मनिषरत्न शाक्यको भने उद्धारपछि उपचार भइरहेको छ ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिएर दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको’ विज्ञप्तिमा जनाइएको छ ।

प्राधिकरणका अनुसार सीआरजे(रजिस्ट्रेसन–९ एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो ।  दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!