संगालोखबर

काठमाडौँ । एक वर्षको अवधिमा विदेशमा रहेका १ हजार ३४६ जना नेपालीको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा त्यति सङ्ख्यामा नेपालीको मृत्यु भएको हो । एक तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएकाहरूको दैनिक औसतमा चारवटा शव नेपाल आउने गरेको छ ।

Advertisement

यो सङ्ख्या उक्त अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै रहेको अनुमान छ ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् । बोर्डका अनुसार गत आर्थिक वर्षमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेट्स (युएई) बाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ ।

यस्तै, उक्त अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहराइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुगेको छ । क्रोएसियाबाट १०, साइप्रसबाट दुई, इजरायलबाट दुई, उज्बेकिस्तानबाट दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, काजकस्तान र युकेबाट एक–एक शव आएको बोर्डले जनाएको छ ।

२०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार गत आव २०८०/८१ मा श्रम स्वीकृति लिई सात लाख ४३ हजार ५९५ जना नेपाली विदेश गएका थिए ।

उक्त अवधिमा विदेशमा मृत्यु भएकाको ८२८ परिवारले सात लाखका दरले आर्थिक सहायता लिएका छन् । बाँकी ४१८ परिवारलाई दिने प्रक्रियामा रहेको जनाइएको छ।

अघिल्लो आर्थिक वर्षमा एक हजार २०८ जनाले विदेशमा ज्यान गुमाएका थिए। बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ३४६ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ९५ करोड ३० लाखभन्दा बढी रकम उपलब्ध गराइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!