संगालोखबर


पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती बिक र उनका ५ वर्षीय छोरा प्रिन्स बिक छन् ।

गम्भीर घाइते भएका उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–२१ कृस्तीमा उक्त विद्यालयको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

Advertisement

कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार घाइते विद्यार्थीहरूको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ .

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!