संगालोखबर

विराटनगर । नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीनजना मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनीहरूले राजीनामा बुझाएका हुन् ।

Advertisement

राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्रकुमार कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागर छिन् ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री कार्कीकै आग्रहमा सरकारमा बसिरहेको उल्लेख गर्दै र आज पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा बुझाएका बताए । तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने माओवादीले जनाएको छ ।

गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको हो ।

राजीनामा दिँदै माओवादीका मन्त्रीहरू

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!