सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।  हिजो सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।  आज चाँदीको मूल्य ...
एनपीएल : आजको पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्ने 

एनपीएल : आजको पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर भिड्ने 

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो खेल हुनेछ । खेल बिहान ९ः१५ मा सुरु हुनेछ । सुदूरपश्चिको यो पहिलो खेल हो भने विराटनगरको दोस्रो खेल हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । यस्तै आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यो खेल...
भोजपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ धारापानीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । सोही स्थानका दिपेन्द्र भुजेलको छोरा २२ वर्षीय एक्सन भुजेलको दुर्घटनामा मृत्यु भएको हो । अचानक ट्याक्टरबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बीचको चक्काले किचेको थियो । हिजो बेलुका घोडेटार-भोजपुर कच्ची सडक खण्ड स्थित कावा खोलाबाट लुङ्गिन तर्फ आउँदै गरेको को २ त...
२०८१ मंसिर १८ गते मङ्गलबार/आजको राशिफल

२०८१ मंसिर १८ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ मंसिर १८ गते मङ्गलबार ई.सं.२०२४ डिसेम्बर ३ नेपाल सम्वत् ११४५ थिंलाथ्व द्धितीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल द्वितीया, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शूल योग, कौलभ करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३८ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो सखर वा गुण हेरे...
एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्ति गरेको छ । आज नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सचेतक नियुक्त गरेका हुन् । प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि सचेतकमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन् ।
कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी नियुक्त भएका छन् । संविधानसभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् । उनले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए । जापान भ्रमणको विवादका कारण तत्कालीन आन्तरिक मामिला ...
एनपीएल : जनकपुर बोल्ट्ससँग पराजित भयो कर्णाली याक्स

एनपीएल : जनकपुर बोल्ट्ससँग पराजित भयो कर्णाली याक्स

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससँग कर्णाली याक्स पराजित भएको छ । टस जितेर पहिला व्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएको थियो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरको क्षतिमा २ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको हो ।
नेप्से दोहोरो अङ्कले बढ्यो

नेप्से दोहोरो अङ्कले बढ्यो

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको सेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको सेयर उच्च अङ्कले बढेको छ । आज तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ...
उपनिर्वाचन : कोशीमा कुन दलले कहाँ-कहाँ जिते ?

उपनिर्वाचन : कोशीमा कुन दलले कहाँ-कहाँ जिते ?

विराटनगर । हिजो भएको स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो । जसमध्ये ६ वडाध्यक्ष र १ पालिका अध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ । उपनिर्वाचनमा नेपाली काँग्रेसले दुई वडाध्यक्ष जितेको छ । नेकपा एमालेले पनि दुई वडाध...
एनपीएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

एनपीएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला व्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएको हो ।
एनपीएल : चितवन राइनोजसँग काठमान्डु गुर्खाज पराजित

एनपीएल : चितवन राइनोजसँग काठमान्डु गुर्खाज पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले काठमान्डु गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो  । आज सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार आठ सय १५ रुप...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलराम सरदार थारूलाई १ हजार ६ सय ३६ मतले पराजित गर्दै माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादीका माझी ६ हजार ९ सय ६९ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । काँग्रेसका थारूले ५ ...
२०८१ मंसिर १७ गते सोमबार/आजको राशिफल

२०८१ मंसिर १७ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ मंसिर १७ गते सोमबार ई.सं.२०२४ डिसेम्बर २ नेपाल सम्वत् ११४५ थिंलाथ्व पारु , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल प्रतिपदा , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरी...
उदयपुरको त्रियुगा-१२ मा माओवादीका राई विजयी

उदयपुरको त्रियुगा-१२ मा माओवादीका राई विजयी

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । उपनिर्वाचनमा माओवादीका उम्मेदवार नविन कुमार वान्तवा राई ९२३ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीले ६०८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका संजिव काफ्लेले ३५९ मत प्राप्त गरे ।
मोरङको ग्रामथानमा माओवादी उम्मेदवार माझीले फराकिलो बनाउदै अग्रता

मोरङको ग्रामथानमा माओवादी उम्मेदवार माझीले फराकिलो बनाउदै अग्रता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता फराकिलो बनाउदै लगेका छन् । राती करिब २ः३० बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले २४१२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार बलराम सरदारले १७४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ९९३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन...
सुनसरीको गढी गाउँपालिका-६ मा काँग्रेस उम्मेदवार विजयी

सुनसरीको गढी गाउँपालिका-६ मा काँग्रेस उम्मेदवार विजयी

विराटनगर । सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार तेतर साहु विजयी भएका छन् । उनी ८१६ मत प्राप्त गर्दै विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार शन्तु उरावले ७७० मत प्राप्त गरे ।
तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित

तेह्रथुमको लागिगुराँस नगरपालिका-८ मा काँग्रेसका लिम्बू निर्वाचित

विराटनगर । तेह्रथुमको लागिगुराँस नगरपालिका-८ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । लिम्बू ४४० मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार बुद्ध बहादुर लिम्बूले ३६० मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्जिब खड्काले ३८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार कुमार विश्वकर्माले २६ मत प्राप्त गरे ।
मोरङको ग्रामथानमा माओवादीका माझीको सुरुवाती अग्रता

मोरङको ग्रामथानमा माओवादीका माझीको सुरुवाती अग्रता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नमो नारायण माझीले सुरुवाती अग्रता लिएका छन् । आज राती करिब १ बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले १ हजार १ सय ८१ मतसहित अग्रता लिएका हुन् । माझीलाई नेपाली कांग्रेसका बलराम सरदार थारुले पछ्याइरहेका छन् । उनले ९ सय २४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेद्वार तुलसीराम विश्वासले ४ ...
उदयपुरको त्रियुगा-१२ मा माओवादीका उम्मेदवारको अग्रता

उदयपुरको त्रियुगा-१२ मा माओवादीका उम्मेदवारको अग्रता

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१२ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नविन कुमार वान्तवा राईले अग्रता बनाएका छन् । उनले ३९२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीले २६२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसका संजिव काफ्लेले १६७ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार निर्मला चौधरीले १३९ मत...
सुनसरीको गढी-६ मा एमालेले लियो अग्रता

सुनसरीको गढी-६ मा एमालेले लियो अग्रता

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका शन्तु उरावले ६ सय १३ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेतर साहुले ६ सय १० मत ल्याएका छन् । यता, माओवादी केन्द्रका कुशेश्वर खेरवारले ५ सय ९५ मत पाएका छन् । यसअघि कांग्रेसले अग्रता लिएको थियो । त्यहाँ मुख्य तीन दलबीच कडा प्रतिष्पर्धा देखिएको छ ।
ताप्लेजुङको सिरिजङ्गा-३ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी 

ताप्लेजुङको सिरिजङ्गा-३ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी 

विराटनगर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कुमारी सावादेन विजयी भएकी छन् । सावादेनले ३५३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्वी साउदेनले २५१ मत प्राप्त गरे । यस्तै नेपाली काँग्रेसका उम्मेदवार भीम कुमार लक्सम्वाले २१८ मत पाएका छन् । 
ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका तामाङ निर्वाचित

ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका तामाङ निर्वाचित

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्षमा नेकपा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहाललाई २ सय २२ मतले पछि पार्दै एमालेका तामाङ वडाध्यक्षमा निर्वाचित भएका हुन् । तामाङले ३ सय ९९ मत ल्याउँदा दाहालले १ सय ७७ मत पाएका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १ सय ५१ मत पाएका छन् । मतपरिणामका आधारमा माओव...
झापाको कनकाइ-६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

झापाको कनकाइ-६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर । झापाको कनकाइ नगरपालिका-६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतलाई १३७ मतले पराजित गरेका हुन् । बस्नेतले ३५६ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामगोपाल ओलीले ३१७ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर थापाले २७७ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण प्रसाद ...
अपडेट : सुनसरीको गढी गाउँपालिका-६ को अध्यक्षमा तीन दलको प्रतिष्पर्धा

अपडेट : सुनसरीको गढी गाउँपालिका-६ को अध्यक्षमा तीन दलको प्रतिष्पर्धा

सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा तीन दलको प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार काँग्रेसका उम्मेदवार तेतर साहले थोरै मतले अग्रता कायम गरेका छन् । उनले ४८६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ४८३ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार शन्तु उरावले ४८२ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ...
उपनिर्वाचन : मोरङको ग्रामथानमा मतगणना सुरु

उपनिर्वाचन : मोरङको ग्रामथानमा मतगणना सुरु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतगणना सुरु भएको छ । करिब साढे १० बजेतिर मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ग्रामथानको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १८ हजार पाँच सय ७७ मत खसेको छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । ग्रामथानमा अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी छ ।
सुनसरीको गढी गाउँपालिका–६ मा काँग्रेसको अग्रता

सुनसरीको गढी गाउँपालिका–६ मा काँग्रेसको अग्रता

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार तेतर साहले अग्रता कायम गरेका छन् । उनले पछिल्लो मत परिणाम अनुसार ३७६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार शन्तु उरावले ३६० मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ३५३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविता कुमारी उरावले ४९ मत प्राप्त गर्दा राष्ट...
ग्रामथानमा १८ हजार पाँच सय ७७ मत खस्यो, केही बेरमा मतगणना सुरु हुने 

ग्रामथानमा १८ हजार पाँच सय ७७ मत खस्यो, केही बेरमा मतगणना सुरु हुने 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १८ हजार पाँच सय ७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार कुल मतदाता मध्ये ७१.३३ प्रतिशत मत खसेको हो । सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । जसमध्ये १८ हजार पाँच सय ७७ जना मतदानमा सहभागी भए । अब केही समयपछि मतगणना सुरु हुने पौडेलले जानकारी दिए । ‘१० बजेपछि मतगणना सुरु हुने भनेको हो’, पौ...
विराटनगरमा सडकमा सुतेर आन्दोलन !

विराटनगरमा सडकमा सुतेर आन्दोलन !

विराटनगर । विराटनगरमा सडक पिच गर्नु पर्ने माग गर्दै आन्दोलन भएको छ । वडा नम्बर ११ को कार्यालय अगाडी सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले आज बिहानदेखि सडकमा सुतेर आन्दोलन गरेका हुन् । उनीहरूले उक्त सडक दिनभरी बन्द गरेका थिए । वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म सडक बन्न सकेको छैन । ठेक्का सम्झौता भए पनि म्याद गुज्रिएको पाँच महिना बितिसक्यो । तर पनि ...
यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

मोरङको ग्रामथानमा स्थानीय तह उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ? भिडियो हेर्नुहोस्... https://www.youtube.com/watch?v=vlsoZJrZU8k
उपनिर्वाचन : ग्रामथानमा १२ बजेसम्म नौ हजार ५३ मत खस्यो

उपनिर्वाचन : ग्रामथानमा १२ बजेसम्म नौ हजार ५३ मत खस्यो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि जारी निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ९ हजार ३५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदाता मध्ये करिब ३५ प्रतिशत मतदान भएको हो । उक्त समयमा चार हजार सात सय २८ पुरुष र चार हजार तीन सय २५ महिलाले मतदान गरेका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको कार्यालयले जनाएको छ । ग्रामथानमा १२ मतदान स्...
error: Content is protected !!