१८ तले भ्युटावर उद्घाटन गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापा आउँदै
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै छन् । दमक बिजनेस कम्प्लेक्स, मानव सेवा आश्रमको नयाँ भवन र भ्युटावर उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् ।
दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडमा निर्माण भएको भ्युटावरलाई ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको छ । १८ तले उक्त भवन चिनिया निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनील...



























