चौबिसेको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख जम्मा, सिकाई थलोले दियो २ लाख
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढी रकम जम्मा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र राहत वितरणका लागि ३१ लाख ७६ हजार ८ सय २५ रुपैयाँ कोषमा जम्मा भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले २० लाख ७५ हजार रकम कोषमा जम्मा गरेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले १५ दिनको तलब भक्ता वरावरको २ लाख ५९ हजार रकम जम्मा गरेका छन् । त्यस्तै प्रदेश सरकारले ५ लाख र...

























