
विराटनगर । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो ।
आज बिहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन् । यही दुई टोली सेमिफाइनलमा भिड्ने छन् । यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाएका थिए ।
सेमिफाइनल पुग्ने चारै टिम पूर्वविजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा खेल हुनेछ । खेल नेपाली समय अनुसार बिहान पौने १ बजे सुरु हुनेछ ।
यस्तै इंग्ल्यान्ड र बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनि नेपाली समय अनुसार बिहान पौने १ बजे सुरु हुनेछ । साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल हुनेछ ।

संगालोखबर 


















