संगालोखबर

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट २० सेन्टिमिटरको पानीको फोको निकालिएको छ । अस्पतालका चिकित्सक डा.आशिषकुमार यादव नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मिक्लाजुङ-२ रमितेकी २५ वर्षीया महिलाको पाठेघरबाट ठूलो सिस्ट निकालेको हो ।

Advertisement

उनी पाँच महिना अघिदेखि पेट दुख्ने समस्याबाट पीडित थिइन् । असह्‍य पीडा भएपछि आफन्तले उनलाई उपचारका लागि जीवन विकास सामुदायिक अस्पताल ल्याएका थिए । अस्पतालमा भिडियो एक्सरे गर्दा पेटभित्र ठूलो सिस्ट देखियो । त्यसपछि सिटिस्क्यान गरेर विस्तृतमा हेर्दा २० गुणा १८ सेन्टिमिटरको पानीको फोको रहेको पुष्टि भएपछि शल्यक्रिया गरेर निकालिएको डा.यादवले जानकारी दिए ।

उनका अनुसार समयमै शल्यक्रिया गरेर ननिकालेको भए फोको भित्रै फुटेर आन्द्रा र पित्त नलीमा क्षति पुग्ने सम्भावना थियो । ४ सेन्टिमिटर भन्दा कम भएमा औषधीले ठिक पार्न सकिने भएपनि २० सेन्टिमिटरको फोको भइसकेकाले शल्यक्रिया गरेर निकालिएको हो ।

सफलतापूर्वक शल्यक्रिया गरेर पानीको फोको निकालिएपछि परिवारमा पनि खुशियाली छाएको छ । शल्यक्रियापछि बिरामी महिलाको स्वास्थ्यमा सुधार आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!