संगालोखबर


विराटनगर । विराटनगर-१ शान्तिचोकमा भएको वृहत खुला रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । समाजमा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै शान्तिचोक युवा समूहले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुखदेव प्रसाद मण्डल तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको उपस्थितिमा भएको रक्तदान कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता थियो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै शान्तिचोक युवा समूहका अध्यक्ष सन्तोष महत (स्यान्ट्रो) ले रगत अभावका कारण धेरै बिरामीले समयमै उपचार नपाइरहेको वर्तमान परिस्थितिमा समाजप्रतिको उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

‘रक्तदान जीवनदान हो’ भन्ने सन्देशलाई आत्मसात गर्दै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न उनले आग्रह गरे । उनले रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!