यौन शोषण आरोप लागेका अधिकारीलाई नेकपाले गर्यो निलम्बन
धनकुटा । धनकुटाकी १४ बर्षीया बालिकामाथि यौन शोषण गरेको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका प्रचार बिभाग उप–प्रमुख मदन अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । धनकुटा–६ का शिक्षक अधिकारीलाई नेकपाले पार्टी सदस्यसहित सबै जिम्मेवारीबाट आईतबार निलम्बन गरेको हो ।
अधिकारीसहित चार जनाले दलित बालिकामाथि पटक–पटक यौन शोषण गरेको आरोप लागेको छ । पीडित बालिकाका अभिभावकले प्रहरीमा किटानी जाहेर...





























