धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो
धनकुटा । बुधबार धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप एक पुरुषमा संक्रमण भेटिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ ।
धनकुटाका १६ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण भेटिएको हो । यसअघि मंगलबार ६७ जनाको परीक्षण गर्दा तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्त...


























