सरकारद्वारा १४ खर्बको बजेट सार्वजनिक
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.खतिवडाले बताए...

























