
काठमाडौं । कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा शंकास्पद अवस्थामा गाडी पार्किङ गरिएको छ । कार्यालयहरूको प्रवेशद्वारमा अवरोध पुग्ने गरी गेटमा गाडी पार्किङ गरिएको हो ।
कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ । अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ ।
झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको छ । हिमालय टेलिभिजनको गेट अगाडि पनि गाडी रोकिएको छ । तीन वटै गाडी निजी नम्बर प्लेटका छन् । गाडी कसले र किन छाडेको हो भन्ने खुल्न बाँकी छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 



















