संगालोखबर


विराटनगर । कोशी अस्पतालको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा डोजर चलाइएको छ । आज बिहानबाट कोशी अस्पताल अगाडि, दक्षिण पूर्वतर्फ अस्पताल चोक र देवकोटा चोक तर्फबाट डोजर चलाएर संरचना भत्काउन थालिएको हो ।

अस्पताल प्रशासनले संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको थियो ।  अस्पतालको अल्टिमेटमपछि व्यवसायीहरूले शनिबारदेखि नै धमाधम सटर खाली गर्न थालेका थिए ।

Advertisement

सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल लगायतका खटिएका थिए ।

अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका थिए । ती संस्थाले ३० भन्दा बढी सटर औषधि पसललगायतलाई भाडामा लगाएका थिए ।

अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि संरचना हटाउन ताकेता गर्दै आएको थियो ।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिएका थिए । त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!