मुख्यमन्त्री राईलाई सुनसरी क्षेत्र नं.१ बाट उम्मेद्वार बनाउँन सिफारिस
विराटनगर । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र ...




























