धनकुटाबाट पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
धनकुटा । नागरिकता विधेयक र संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक संशोधनको माग गर्दै राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च धनकुटाले प्रधानमन्त्री र सभामुखलाई आज ज्ञापनपत्र पठाएको छ ।
नागरिकता विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने, संक्रमणकालीन न्यायको व्यवस्था गर्न बनेको विधेयक संशोधन वा खारेजी गर्नुपर्ने, निहारीका राजपुतले मागेको न्यायको सम्बोधन हुनुपर्ने, मानव अधिकारको रक्षा र बढ्दो महँ...


























