धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ छिम्सुवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् । को ६ प २१४९ नम्बरको मोटरसाइकल राती करिब ८ः४० बजे मुलघाट-त्रिवेणी सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सहिदभूमि गाउँपालिका–१ छिन्ताङका करिब ६० वर्षीय गोपाल भनिने नरबहादुर राईको मृत्यु भएको हो । मोटरसाइकल पल्टिंदा गम्भीर घाइते भएका राईको उ...
केएमसीमा अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

केएमसीमा अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ । ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो ...
विराटनगरमा कारागारमै कैदीबन्दीको मृत्यु

विराटनगरमा कारागारमै कैदीबन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा आज एक कैदीबन्दीको मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ का ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो । बिहान कारागारभित्रै रहेका बेला उनी बेहोस भएर ढलेका थिए । उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार उनमा मुटुरोग र रक्तचापक...
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन् । प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै ...
कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश: दीर्घकालीन असर पर्ने निर्णय नगर्नु

कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश: दीर्घकालीन असर पर्ने निर्णय नगर्नु

काठमाडौं । दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई आदेश दिएको छ । असंवैधानिक तवरले प्रदेश सरकार गठन गरिएकाले त्यसलाई खारेज गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतमा दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । मुख्यमन्त्री उद्धव थापा नियुक्त हुने क्रममा प्रयोग भएका कागजातहरू साउन ३ गतेभित्र...
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उनको निधन भएको हो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्‌यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिए...
धनकुटामा जंगली जनावरले टोक्दा नौ जना घाइते

धनकुटामा जंगली जनावरले टोक्दा नौ जना घाइते

धनकुटा । धनकुटामा आज साँझ ब्वाँसो जस्तो देखिने जंगली जनावरको टोकाइबाट नौ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–७ का छ जना र धनकुटा–५ का तीन जनालाई सो जनावरले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धनकुटाको पाङसिङ टोल, सितलपाटी, बालमन्दिर लगायत क्षेत्रका मानिसहरूलाई आक्रमण गरेर सो जनावरले आतंक मच्चाएको हो । धनकुटा–५ का ५२ वर्षीय प्रेम बहादुर याख्खा, सर्मिला लिम्बू र ९ वर्षीया प्रस्ना स...
चट्याङका कारण पाँच वर्षमा ४१९ जनाको मृत्यु

चट्याङका कारण पाँच वर्षमा ४१९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो पाँच वर्षमा चट्याङका कारण ४१९ जनाले ज्यान गुमाएका छन् भने रु ६ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिइएको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा १०८ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२...
धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो । मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङ...
कोशी प्रदेशमा थपिए तीन मन्त्री

कोशी प्रदेशमा थपिए तीन मन्त्री

विराटनगर । कोशी प्रदेश सरकारमा तीन मन्त्री थपिएका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले माओवादीबाट दुई र कांग्रेसबाट एक जना मन्त्री थप्दै आज मन्त्रिमण्डल विस्तार गरेका हुन् । माओवादीको कोटाबाट मन्त्री बनेका जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि मन्त्...
हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिविर उद्घाटन गरेकी छन् । शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास व्य...
तस्वीरमा धनकुटा बजार

तस्वीरमा धनकुटा बजार

छथरजोरपाटी-३ स्थित पिङ्गडाँडाबाट देखिएको धनकुटा बजार । तस्वीर: कविन्द्र भण्डारी/संगालोखबर
विराटनगरमा महिलालाई आत्मरक्षा तालिम

विराटनगरमा महिलालाई आत्मरक्षा तालिम

विराटनगर । महिलाहरूलाई आफ्नो रक्षा आफै गर्न सक्ने बनाउँन विराटनगरमा ‘सेल्फ डिफेन्स’ तालिम प्रदान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले महिलाहरूका लागि दुई दिने आत्मरक्षा तालिम प्रदान गरेको हो । घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा लगायतको पहिचान गरी कसरी आफूलाई बचाउ गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफ्नो आत्...
बक्सिङमा पदक जित्नेलाई धनकुटामा सम्मान

बक्सिङमा पदक जित्नेलाई धनकुटामा सम्मान

धनकुटा । उदयपुरमा हालै सम्पन्न कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेतालाई धनकुटामा सम्मान गरिएको छ । जिल्ला बक्सिङ संघ धनकुटाले पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । स्वर्ण पदक विजेता शर्मिला आले मगर, रजत पदक विजेता हाङसवा लिम्बू तथा कास्य पदक विजेता सञ्जय आले र नेगिन्द्र थापा मगरलाई सम्मान गरिएको जिल्ला बक्सिङ संघका सचिव कुमार बस्नेतले जानकारी दिए । बक्सिङका प्रशिक्षक ...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उ...
इलाममा श्रीमती मारेर श्रीमान रुखमा झुन्डिए

इलाममा श्रीमती मारेर श्रीमान रुखमा झुन्डिए

इलाम । इलामको माइजोगमाई–२ का एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले गएराती ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि पिताम्बरले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । राती करिब १०ः३० बजे चिच्याएको आवाज आएपछि छिमेकीहरू खतिवडाको घर पुगेका थिए । घरभित्र चुकुल लगाएको अवस्थामा राधिका लडिरहेको देखेपछि छिमेकीले प्रहरीला...
उद्धव थापा बने कोशी प्रदेशको मुख्यमन्त्री

उद्धव थापा बने कोशी प्रदेशको मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न प्रदेश प्रमुख खापुङले आज साँझ ५ बजेसम्मको समय दिएका थिए । सोही बमो...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ देखि २९ गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए । यसरी हेर्नुहोस् नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्नुपर्नेछ । त्यस्तै, प...
तमोर नदीमा खस्दा दुई जना बेपत्ता

तमोर नदीमा खस्दा दुई जना बेपत्ता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ मुर्कुटेस्थित तमोर नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । तमोर करिडोर सडक निर्माणका क्रममा बुधबार साँझ करिब ५ बजे नदीमा खस्दा मकवानपुरको मनोहरीका ३२ बर्षीय राज तामाङ र १८ बर्षीय डुवा मोक्तान बेपत्ता भएका हुन् । धनकुटाको मुलघाट र पाँचथर जोड्ने तमोर करिडोर सडक निर्माणको काम भइरहेको छ । उनीहरु सोही सडकमा काम गर्दै आएका थिए । सडक निर्माणको काम गरिरहेका बेला चिप्...
बसपार्कमा दुर्घटना (तस्वीर)

बसपार्कमा दुर्घटना (तस्वीर)

धनकुटा बसपार्कमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज दिउँसो करिब १२ बजे को १ च ७१६० नम्बरको बोलेरोले को २५ प ६९१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा क्षति पुगेपनि मानवीय क्षति भएको छैन । तस्वीर: सौगात दाहाल
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकाले साँझसम्म नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्ने लगायत प्राविधिक काम भइरहेको ...
इटहरीमा टिपरको ठक्करबाट घाइते छोरीको पनि मृत्यु

इटहरीमा टिपरको ठक्करबाट घाइते छोरीको पनि मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ । धरानबाट पूर्वतर्फ जाँदै गरेको ना १ ख ९१०७ नम्बरको टिपरले मंगलबार अपरान्ह करिब ४ बजे को १४ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवार इटहरी–८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । सरिताकी छोरी २२ वर्षीया अनुष्का गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारक...
सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारीका प्रदेश अध्यक्...
२७ दिनको शिशुको जटिल शल्यक्रिया

२७ दिनको शिशुको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । ...
जुनु घिमिरेको ‘पसिनाको घर’ लोकार्पण

जुनु घिमिरेको ‘पसिनाको घर’ लोकार्पण

धनकुटा । कवि जुनु घिमिरेको कविता कृति पसिनाको घर धनकुटामा लोकार्पण गरिएको छ । सल्लेरी साहित्य संगमको आयोजना र ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका ७ समितिको संयोजनमा कृति लोकार्पण कार्यक्रम गरिएको हो । अग्रज साहित्यकार टिकाप्रसाद लामिछाने, साहित्यकार डा. यज्ञप्रसाद गुरागाईँ, शिक्षाविद् दामोदर दाहाल, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्य...
सहिदभूमि वडा नं.१ र ५ ले जित्यो अध्यक्ष कप भलिबलको उपाधि

सहिदभूमि वडा नं.१ र ५ ले जित्यो अध्यक्ष कप भलिबलको उपाधि

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा सञ्चालित अध्यक्ष कप महिला/पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं.१ र वडा नं.५ ले जितेको छ । महिला भलिबल तर्फको उपाधि वडा नं.५ र पुरुष भलिबल तर्फको उपाधि वडा नं.१ ले जितेको हो । फाइनल खेलमा वडा नं.१ लाई पराजित गर्दै वडा नं.५ ले महिला भलिबलको उपाधि उचाल्यो । यता, पुरुष तर्फ वडा नं.३ लाई हराउँदै वडा नं.१ ले जित हासिल गरेको हो । उपाधि विजेता दुवै टिमले ४५ हजा...
हेवा खोलाले बगाएको १३ दिनपछि अरुण नदीमा भेटियो शव

हेवा खोलाले बगाएको १३ दिनपछि अरुण नदीमा भेटियो शव

संखुवासभा । संखुवासभाको हेवा खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव आज अरुण नदीमा भेटिएको छ । चैनपुर नगरपालिका–१० दुम्कट्टास्थित अरुण नदी किनारमा बर्दियाका ४१ वर्षीय कालीराम थारुको शव भेटिएको प्रहरीले जनाएको छ । गत असार २ गते हेवा खोलामा आएको बाढीले निर्माणाधीन सुपरहेवा हाइड्रोपावरमा कार्यरत थारुसहित १७ जनालाई बगाएको थियो । खोलाले बगाएको १३ दिनपछि थारूको शव फेला परेको हो । स्थानीयबासीले नदी किना...
विराटनगरमा पञ्चेबाजासहित धान रोपाइँ

विराटनगरमा पञ्चेबाजासहित धान रोपाइँ

विराटनगर । २० औं राष्ट्रिय धान दिवसको अवसरमा आज विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ गरिएको छ । विराटनगर महानगरपालिकाले पञ्चेबाजासहित उल्लासमय रुपमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको हो । रोपाइँमा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्षहरुसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा आबद्ध व्यक्ति, कृषक लगायत सहभागि थिए । रोपाइँमा नाचगान गर्द...
एक मत अपुग हुँदा कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

एक मत अपुग हुँदा कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव एक मत अपुग भएर अस्वीकृत भएको हो । विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ सांसदले समर्थन गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४३ जना सांसदले विपक्षमा मतदान गरे । ९३ सांसद रहेक...
सहिदभूमिका दलित विद्यार्थीलाई छात्रवृत्ति

सहिदभूमिका दलित विद्यार्थीलाई छात्रवृत्ति

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्नातक तह वा सो भन्दा माथि अध्ययनरत नौ जना दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । एमएड पढ्दै गरेका सहिदभूमि–४ का विपिन विश्वकर्मालाई ११ हजार प्रदान गरिएको छ । स्नातक तहमा अध्ययनरत सहिदभूमि–२ का सुशीला विश्वकर्मा, सहिदभूमि–१ की सिमा बिक, सम्झना परियार, डानसर बिक, विनिता बिक, शुस्मा मंग्रात...
सहिदभूमिको बजेट ४५ करोड

सहिदभूमिको बजेट ४५ करोड

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बजेट प्रस्तुत गरिन् । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राईले चालु तर्फ ३१ करोड २ लाख ४८ हजार २ सय रुपैयाँ र पूँजीगत तर्फ १...
error: Content is protected !!