संगालोखबर सम्वाददाता
फाइल तस्वीर

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन् ।

प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउँन लागेको हो ।

Advertisement

शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । उनले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउँने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!