संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्नातक तह वा सो भन्दा माथि अध्ययनरत नौ जना दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

Advertisement

एमएड पढ्दै गरेका सहिदभूमि–४ का विपिन विश्वकर्मालाई ११ हजार प्रदान गरिएको छ । स्नातक तहमा अध्ययनरत सहिदभूमि–२ का सुशीला विश्वकर्मा, सहिदभूमि–१ की सिमा बिक, सम्झना परियार, डानसर बिक, विनिता बिक, शुस्मा मंग्राती, सम्झना मंग्राती र लक्ष्मी शाह शंकरलाई जनही ८/८ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

दलित समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षामा प्रोत्साहन र सहयोगका लागि छात्रवृत्ति प्रदान गरिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!