संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको हेवा खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव आज अरुण नदीमा भेटिएको छ । चैनपुर नगरपालिका–१० दुम्कट्टास्थित अरुण नदी किनारमा बर्दियाका ४१ वर्षीय कालीराम थारुको शव भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

गत असार २ गते हेवा खोलामा आएको बाढीले निर्माणाधीन सुपरहेवा हाइड्रोपावरमा कार्यरत थारुसहित १७ जनालाई बगाएको थियो । खोलाले बगाएको १३ दिनपछि थारूको शव फेला परेको हो । स्थानीयबासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खोलाले बगाएर बेपत्ता भएका बाँकी १६ जनाको अझै अत्तोपत्तो छैन । ६ मेगावाटको निर्माणाधीन सुपरहेवा हाइड्रोपावरमा कार्यरत उनीहरूलाई खोलामा आएको बाढीले एकैसाथ बगाएर बेपत्ता बनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!