संगालोखबर सम्वाददाता

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ ।

Advertisement

ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको केएमसीको न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापा बताउँछन् । ‘यस्तो अत्याधुनिक माइक्रोस्कोप नेपालका कुनैपनि अस्पतालमा प्रयोगमा थिएन, नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको हो,’ डा.थापा भन्छन्, ‘अप्रेशनलाई सुरक्षित र भरपर्दो बनाउँन यो माइक्रोस्कोप निकै उपयोगी हुन्छ ।’

सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ । जर्मनबाट छ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर छन् । रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा काम गर्छ । यसको सहायता लिएर अप्रेसन गर्दा डाक्टरलाई अप्रेसन गर्न सजिलो हुने, अप्रेसन छिटो हुने र बिरामीलाई पनि जोखिम कम हुने डा.थापाको भनाई छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । केएमसीको न्युरो विभागमा पनि धेरै परिवर्तन आइसकेको छ । गत वर्षबाट ‘रोबोटिक सर्जरी’ थालेको केएमसीले एक महिना अघि नेपालमै पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको छ ।

टाउको नखोली सानो प्वाल बनाएर अप्रेसन गर्ने, दूरबिनको प्रयोगले ढाडको नशा च्यापिएको खोल्ने र चिप्लेको हाडलाई स्क्रुले आफ्नो ठाउँमा मिलाउँने, दूरबिनको प्रयोगले प्वालमार्फत टाउको भित्र जमेको रगत निकाल्ने जस्ता सेवा पनि प्रदान गरिदै आएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण केएमसीमा बिरामीले स्तरीय र भरपर्दो उपचार सेवा पाउँने अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!