संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सर्पले टोकेर मोरङको कानेपोखरीमा एकजना बालकको मृत्यु भएको छ । सुतिरहेका बेला बिषालु सर्पले टोकेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका युवराज राउतका ११ वर्षीय छोरा प्रान्जल राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घरभित्र सुतिरहेका बेला उनलाई मध्यराति सर्पले डसेको थियो । उपचारका लागि ती बालकलाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!