संगालोखबर

झापा । हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति पुगेको छ । मंगलबार राति आएको हुरीले केही उद्योगहरुमा क्षति भएको छ भने किसानले लगाएका बालीमा पनि नोक्सानी पुगेको प्रहरीले जनाएको छ ।

Advertisement

हुरीको असरले मेचीनगर–१० मा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भेनियर पाता, कामदार बस्ने कटेज, पिलिङ मेसिन लगायतमा क्षति भएको जनाइएको छ ।

यसैगरी सिद्धविनायक भेनियर उद्योगमा पनि हुरीले क्षति पुर्याएको छ । उक्त उद्योगमा करिब १० लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।

हुरीले विभिन्न स्थानमा रहेका घरमा क्षति पुर्याउनुका साथै कतिपय स्थानमा बिजुलीका खम्बा पनि ढालेका छन् । खम्बा ढल्दा बिजुली आपूर्तिमा अवरोध भएको छ । हुरीका कारण मकै, तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!