संगालोखबर

ताप्लेजुङ । कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङमा ५८ वर्ष यताकै सर्वाधिक तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार सदरमुकाम फुङलिङमा बुधवार २८.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।

Advertisement

गत शनिवार २९ डिग्री तापक्रम रेकर्ड गरिएको कार्यालय प्रमुख डेभिड ढकालले जानकारी दिए । उनका अनुसार सन् १९६६ मा २८.७ डिग्री तापक्रम रेकर्ड भएको तथ्यांक छ ।

१ हजार ७०० मिटर उचाईमा रहेको सदरमुकाम फुङलिङमा तापक्रम बढेसँगै स्थानीय बासिन्दाले चर्को गर्मी अनुभव गरिरहेका छन् । स्थानीय सोमनाथ खनालका अनुसार विगतका वर्षहरुमा यति धेरै गर्मी अनुभव भएको थिएन । यसपटक भने तराईजत्तिकै गर्मी हुन थालेको अनुभव भएको उनले बताए ।

फुङलिङबाहेकका कतिपय क्षेत्रमा त्यसभन्दा बढी गर्मी अनुभव भएको छ । पाथीभरा याङवरक गाउँपालिकाको मेवाखा प्रहरी चौकीका अनुसार त्यस क्षेत्रमा ३६ डिग्रीसम्म तापक्रम पुगेको छ । बेला बेला पानी पर्ने गरेकाले स्थानीय बासिन्दाले केही राहतको अनुभव गर्न पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!