संगालोखबर

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाले नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा ताला लगाएको छ । सदस्यता शुद्धीकरणको नाममा भेदभाव भएको भन्दै युनियनले बुधवार महासंघ अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

Advertisement

महासंघको विधानअनुसार जिल्ला शाखाले पत्रकारका जिल्लास्थित संघ, संगठनसँग भएको सहमतिमा सर्वसम्मत रुपमा केन्द्रमा नवीकरण र नयाँ सदस्यता सिफारिसका लागि पठाएको सूचीलाई बेवास्ता गरिएको युनियनको आरोप छ ।

केन्द्रले मनोगत रुपमा सदस्य संख्या थपघट गरी सार्वजनिक गरेकामा युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियन शाखाका अध्यक्ष विनोद घिमिरेले विज्ञप्ति जारी गर्दै महासंघ शाखाबाट सिफारिस नै नगरिएका व्यक्तिहरुको नाम राखेर सदस्यता वितरणको तयारी गरिएको भन्दै असहमति जनाएका छन् ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!