विराटनगर । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुईजना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको जनाइए पनि उनीहरुको पहिचान र नेपालको ठेगाना खुलाइएको छैन ।

न्यु साउथ वेल्स प्रहरीले क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू सोमबार समुद्रमा खसेको जानकारी दिएको छ ।

Advertisement

लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको अवस्थामा उनीहरु समुद्रमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माधयमले उल्लेख गरेका छन् । तत्काल उद्धारकर्मीहरु पुगेर उनीहरुलाई निकालेका थिए । स्वास्थ्यकर्मीको टोलीले त्यहीँ प्राथमिक उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!