संगालोखबर

झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । घटनाको २० दिनपछि प्रहरीले स्थानीय गंगा राजवंशी र महेश राजवंशीलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेको दुवैले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बिष्टले लगाउने गरेको सुनको चुरा, सिक्रीलगायत गरगहना बरामद गरिएको छ । दुवैजना बिष्टका छिमेकी हुन् । उनीहरुले गहना चोरी गर्ने उद्देश्यले हत्या गरेको खुलेको छ ।

गत बैशाख २६ गते बिर्तामोड–४ स्थित कालिका नगरमा घरभित्रै बिष्टको हत्या भएको थियो । घरमा एक्लै रहेको अवस्थामा उनलाई फलामको डण्डीले हानेर हत्या गरिएको पाइएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याबारे विस्तृत खुल्न नसकेपछि प्रहरीले विशेष टोली बनाएर सुक्ष्म अनुसन्धान गरेको जनाएको छ । अनुसन्धानका क्रममा विशेष तालिमप्राप्त कुकुर पनि प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको बिर्तामोडमा वृद्धा मृत फेला

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!