सांकेतिक तस्वीर

विराटनगर । कान्तिपुर मिडिया ग्रुपको मोरङमा रहेको प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयका सुरक्षा गार्ड कोठामा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका ५० वर्षीय बलबहादुर बस्नेत मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी झुन्डिएको अवस्थामा बुधवार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भित्रबाट चुकुल लगाएको कोठाको सिलिङ पंखामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो ।

Advertisement

रातिदेखि ड्युटीमा बसेका बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली पुगेर घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!