संगालोखबर

धनकुटा । सदरमुकाम धनकुटा नगरपालिका–६, स्थित सल्लेरी बनमा भएको आगलागी नियन्त्रणमा आएको छ । बन क्षेत्रमा दिउँसो करिब २ बजेबाट सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

Advertisement

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर धनकुटा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको हो । आगलागी कसरी भएको हो भन्ने खुलेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि वन क्षेत्रमा रहेका बोटबिरुवाहरुमा क्षति भएको छ । पछिल्लो समय पानी नपरेका कारण अत्यधिक गर्मी बढेसँगै सामुदायिक वनमा आगलागीका घटना बढेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!