संगालोखबर


धनकुटा । प्रिन्सिपल एसोसिएसन अफ नेपाल धनकुटाको नवगठित समितिको अध्यक्षमा गोविन्द राई निर्वाचित भएका छन् । एसोसिएसन जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा जीवनकुमारी राई, सचिवमा विनोदप्रसाद सुवेदी, सहसचिवमा बिनोद वस्ती चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा भरत लिम्बु छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपाल कुनै पनि राजनैतिक संगठन नभएको र यसले विद्यालयमा सुधारदेखि लिएर शिक्षासम्बन्धी गतिविधि गर्ने सचिव सुवेदीले जानकारी दिए ।

Advertisement

संस्थामा जिल्लाका विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता छ । शैक्षिक गुणस्तरलाई माथि उस्काने, विद्यालयको संर्वाङ्गीण विकासका लागि काम गर्ने एसोसिएसनले जनाएको छ । यसले केन्द्र, प्रदेश, जिल्ला र पालिकामा समिति विस्तार गर्ने जनाइएको छ । विश्वका १९९ देशमा सदस्यता विस्तार भई रहेको अध्यक्ष गोविन्द राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!