काठमाडौंबाट दुबईका लागि उडेको विमानमा आगो लाग्यो
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा आगो लागेको छ । विमानस्थलबाट उड्नासाथ विमानको इन्जिनमा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विमानको इन्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको हो । विमानका पाइलटले दायाँ भागको इन्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् ।
विमानलाई आकस्मिक...































