संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका २ सयजना खेलाडीलाई आज पुरस्कृत तथा सम्मानित गरेको छ । अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित भएका हुन् ।

खेल प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाहरूलाई पनि नगदसहित सम्मान गरिएको छ । खेलाडीहरूलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।

Advertisement

स्वर्ण पदक विजेतालाई ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत लगायतले सम्मानपत्र प्रदान गरे ।

यसैगरी, खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने सन्तोष बानियाँ र मदन उप्रेतीलाई पनि नगदसहित सम्मान गरियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!