संगालोखबर

विराटनगर । नारायणी नदी किनारमा आज दुईवटा शव फेला परेका छन् । नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नदीको बीच भागको टापुमा शव फेला परेका हुन् ।

Advertisement

नदीले बगाएर ल्याएका अन्दाजी २५-३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँ पुगेको टोलीले टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।

शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिरोले बससहित बगाएर बेपत्ता बनाएका यात्रुको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!