संगालोखबर

विराटनगर । युरोपियन च्याम्पियनसिपको फाइनल खेल आज राति हुँदैछ । स्पेन र इङ्ल्यान्डबीच हुने उपाधि भिडन्त नेपाली समयअनुसार १२ः४५ बजे बर्लिनको ओलम्पिया रंगशालामा हुनेछ ।

Advertisement

स्पेन कीर्तिमानी चौथो पटक युरो कपको उपाधि जित्ने लक्ष्य राखेर मैदानमा ओर्लदै छ । इङ्ल्यान्डले भने अहिलेसम्म युरोकपको उपाधि जितेको छैन ।

फुटबलमा स्पेन र इङ्ल्यान्डबीचको हेड टु हेडको कीर्तिमान हेर्ने हो भने दुई टोलीले अहिलेसम्म जम्मा २७ खेलमा आमनेसामने भएका छन् । जसमा इंग्ल्याण्ड १४ जितसहित बलियो स्थितिमा छ भने स्पेनले १० खेल मात्र जितेको छ । दुई टोलीबीचको तीन खेल बराबरीमा सकिएको छ ।

स्पेन र इंग्ल्यान्डबीचको युरो कपको फाइनल खेल फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरले खेलाउने भएका छन् । उनी युरो कपका सबैभन्दा कान्छा रेफ्री हुन् ।

३५ वर्षे उनीलाई युइएफएले फाइनलको जिम्मेवारी दिएको हो । फ्रान्कोइसले तीन खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!