संगालोखबर

विराटनगर । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । केही बेरअघि सम्पन्न पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दूरी पार गरेका थिए । यसअघि उनकै नाममा ५२ः१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।

Advertisement

उक्त इभेन्टमा ८९ पौडीबाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस्रो स्थानमै रहे । एलेक्सले उक्त कीर्तिमान गत फेब्रुअरीमा दोहामा भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा बनाएका थिए ।

एलेक्सको यो दोस्रो ओलम्पिक सहभागिता हो । यसअघि उनले २०२० को टोकियो ओलम्पिक खेलेका थिए । टोकियोमा १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दा ७१ प्रतिस्पर्धीमध्ये उनी ५९ औं स्थानमा आएका थिए । उनी अमेरिकामा अध्ययनसँगै प्रशिक्षण गरिरहेका खेलाडी हुन् । २१ वर्षीय उनले चीनमा १९ औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!