संगालोखबर

विराटनगर । क्यान्सर जितेकाहरूलाई विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिम दिइएको छ । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई तालिम दिएको हो ।

Advertisement

तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्सरको उपचार गर्न पनि सहज हुने बताए । हस्पिटलका उपाध्यक्ष डा.निकिता कार्कीले अब चाँडै पेट सीटी सञ्चालनको तयारी भइरहेको जानकारी दिइन् । क्यान्सर सर्भाइभरहरु मार्फत नयाँ बिरामीलाई परामर्श दिन सर्भाइभरहरुलाई तालिम प्रदान गरिएको उनले बताइन् ।

कार्यक्रममा डा.सुलभ सापकोटाले परिवारका सदस्यले क्यान्सरका बिरामीलाई हेरचाह गर्ने तौरतरिका सिकाएका थिए ।

सो अवसरमा अंकोलोजी सर्जन डा.शिवराज शर्माले बिरामीलाई नेपाल सरकारले दिने सहयोगमा समस्या रहने गरेको उल्लेख गर्दै त्यसका लागि सर्भाइभरहरुको दबाबमूलक भूमिकाको खाँचो औंल्याए ।

साइको सोसल काउन्सिलर तुलसा कार्कीले नयाँ बिरामीलाई परामर्श गर्ने तरिका बारे प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमका संयोजक एवं क्यान्सर सर्भाइभर कमल पौडेलले सर्भाइभरहरुको सशक्तीकरणका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!