संगालोखबर

विराटनगर । हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

Advertisement

पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा आउट भएकी थिइन्, जतिबेला टिमको स्कोर मात्र ७ रन दियो । तर कप्तान चमारी अथापथ्थु रहर्षिताले पारी सम्हाले ।

दुवैले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । १२औं ओभरको अन्तिम बलमा कप्तान चमारी ६१ रनमा आउट हुँदा श्रीलंकाको स्कोर ९४ रन थियो ।

हर्षिताले जिम्मेवारी सम्हालिन् । उनले कभिशा भिलहारीसँग मिलेर श्रीलंकालाई जिताइन् । हर्षिता ६९ र ३० रनमा अविजित रहिन् । ५१ बलको सामना गरेकी हर्षिताले ६ चौका र २ छक्का हानेकी थिइन् ।

यसअघि दाम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मान्धानाको ६० रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!