संगालोखबर

विराटनगर । पेरिस ओलम्पिक–२०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । 

उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सको लक्ष्य त्यसलाई सुधार गर्ने रहेको छ ।

अमेरिकामा बसेर अध्ययन र प्रशिक्षण गर्दै आएका एलेक्स उतैबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न पेरिस पुगेका हुन् । अमेरिकाको न्युयोर्कस्थित फोर्डहम युनिभर्सिटीमा साइकोलोजी अध्ययनरत एलेक्स फोर्डहम युनिभर्सिटीको क्लबमा प्रशिक्षण गर्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!