संगालोखबर

विराटनगर । सुनसरीको इनरुवाबाट ११६ किलो गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । इनरूवा नगरपालिका–९ बबिया चोकबाट आज अपराह्‍न गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बूलाई पक्राउ गरिएको हो ।

Advertisement

गाँजा ओसारिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीको टोलीले निगरानी गरेको थियो । त्यस क्रममा धनकुटाबाट प्रदेश नम्बर १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा ल्याउँदै गरेको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!