धनकुटाको पुण्य माविका विद्यार्थीले बनाए रोबोटिक यन्त्र
धनकुटा । चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविमा अध्ययनरत विद्यार्थीले रोबोटिक यन्त्रहरु बनाएका छन् । कक्षा १२ को विभिन्न सङ्कायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सातजना विद्यार्थी र तीनजना प्रशिक्षकहरूको एक महिने प्रयासमा ती सामग्री बनाइएको हो ।
विद्यार्थीहरूले हातले नछोइ सेन्सरबाट बिर्को उघ्रने डस्टबिन र ब्लुटुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार, अफ्ट्रयाकल अभोइडिङ्ग कार बन...






























