कोशीमा सत्ता गठबन्धनका मतदाताद्वारा ‘फ्लोर क्रस’ : एमालेकी कोइराला निर्वाचित
विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेपछि एमाले उम्मेद्वार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला बिजयी भएकी हुन् ।
राप्रपाको पनि समर्थन पाएकी एमाले उम्मेद्वार कोइरालाले ५ हजार ८६ मतभार पाएकी छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको स...































