विद्यार्थीलाई साइबर अपराधबारे चेतनामूलक प्रशिक्षण
विराटनगर । विराटनगरको जनता आदर्श बहुमुखी क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइबर अपराधसम्बन्धी दुई दिने प्रशिक्षण दिएको छ ।
प्रविधिमा आएको विकासका कारण पछिल्लो समय बढ्दै गएको साइबर अपराधबाट विद्यार्थी र समाजलाई जोगाउने साथै यसको प्रभावलाई कम गर्ने उद्देश्यले प्रशिक्षण दिइएको क्याम्पसले जनाएको छ ।
त्यस क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी नि...




























