विराटनगरमा गरियो विज्ञान प्रदर्शनी

विराटनगरमा गरियो विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगरमा अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाले स्थानीय आदर्श माध्यमिक विद्यालयमा आइतबार एक दिने प्रदर्शनी आयोजना गरेको हो । महानगरका मेयर नागेश कोइरालाले प्रदर्शनी उद्घाटन गरेका छन् । प्रदर्शनी उद्घाटन गर्दै मेयर कोइरालाले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न प्रदर्शनीले थप प्रेरणा मिल्ने धारणा राखे । म...
भोजपुरको षडानन्दले जित्यो भलिबलको उपाधि

भोजपुरको षडानन्दले जित्यो भलिबलको उपाधि

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंघरुमा सञ्चालित चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । फाइनल खेलमा झापाको दमक नगरपालिकालाई पराजित गर्दै षडानन्दले उपाधि जितेको हो । षडानन्दले दमकलाई २५-२२, २५-१५ र २५-२२ को सेटमा पराजित गर्यो । उपाधिसँगै षडानन्दले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरप...
सांसद शर्माको प्रस्तावः माओवादीसँगको गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउँ

सांसद शर्माको प्रस्तावः माओवादीसँगको गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप प...
धनकुटा बजारमा अव्यवस्थित तवरले राखिएका सामान नगर प्रहरीद्वारा जफत

धनकुटा बजारमा अव्यवस्थित तवरले राखिएका सामान नगर प्रहरीद्वारा जफत

धनकुटा । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । अव्यवस्थित रुपमा सामान नराख्न पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए । ‘पसल क्षेत्रभन्दा बाहिर सामान नराख्न ह...
भेडेटारमा तेलको ट्याङ्करभित्र भेटियो ६ सय किलो गाँजा

भेडेटारमा तेलको ट्याङ्करभित्र भेटियो ६ सय किलो गाँजा

धनकुटा । तेल बोक्ने ट्याङ्करमा राखेर लैजाँदै गरेको ठूलो परिमाणको गाँजासहित चार जनालाई गएराती धनकुटाको भेडेटारबाट प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङ्करमा ६ सय किलो गाँजा फेला परेको हो । राती करिब २ बजे ट्याङ्कर रोकेर चेकजाँच गर्दा गाँजा भेटिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । भेडेटार प्रहरी चौकीका इन्चार्ज प्रहरी...
बराहक्षेत्रबाट ४०६ किलो गाँजासहित दुई जना पक्राउ

बराहक्षेत्रबाट ४०६ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । सुनसरीको बराहक्षेत्र नगरपालिका–९, स्थित राजाबासबाट ४०६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गाँजा बोकेको प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको टाटासुमो गाडीसहित दुई जनालाई पक्राउ गरेको हो । राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक कोशी नदीको किनारमा लुकाएर राखिएको अवस्थामा गाडीभित्र गाँजा फेला परेको हो । गाडीमा १३ वटा बोराभ...
विराटनगरमा यसरी चोरी भयो पत्रकारको मोटरसाइकल

विराटनगरमा यसरी चोरी भयो पत्रकारको मोटरसाइकल

विराटनगर । विराटनगरका पत्रकार विजय खतिवडाको मोटरसाइकल चोरी भएको छ । उद्घोष दैनिकका प्रबन्ध सम्पादक खतिवडाको को २१ प ७६८६ नम्बरको रातो स्प्लेन्डर मोटरसाइकल सोमबार साँझ सातघुम्तीबाट चोरी भएको हो । उद्घोष दैनिकको कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा साँझ करिब ६ः४५ बजे मोटरसाइकल चोरी भएको पत्रकार खतिवडाले बताए । पत्रिकाको काम सकेर बाहिर निस्किँदा मोटरसाइकल नभेटिएपछि चोरी भएको थाहा भएको हो । ...
धनकुटामा संगीत महोत्सवको तयारी

धनकुटामा संगीत महोत्सवको तयारी

धनकुटा । धनकुटामा फागुन पहिलो साता हुन लागेको ‘धनकुटा म्युजिक फेस्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो । आयोजकले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुसम्मले सांगीतिक प्रस्तुती दिनेछन् । सां...
लेगुवा बजारमा प्रशासनको छड्के अनुगमन, म्याद गुज्रेका खाद्यवस्तु नष्ट

लेगुवा बजारमा प्रशासनको छड्के अनुगमन, म्याद गुज्रेका खाद्यवस्तु नष्ट

धनकुटा । महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा बजारको अनुगमन गरेर होटल तथा किराना पसलहरूमा फेला परेका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको छ । अनुगमन टोलीले सोमबार बजारका होटल तथा किराना पसलहरूको अनुगमन गरेर म्याद नाघेका खाद्यवस्तु नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी सम्मिलित टोलील...
धनकुटाबाट लैजाँदै गरेको १४९ किलो गाँजा धरानमा समातियो, १४ जना पक्राउ

धनकुटाबाट लैजाँदै गरेको १४९ किलो गाँजा धरानमा समातियो, १४ जना पक्राउ

धनकुटा । धनकुटाबाट भारतीय गाडीमा राखेर लैजाँदै गरेको ठूलो परिमाणको गाँजासहित धरानबाट १४ जना पक्राउ परेका छन् । दुई वटा भारतीय बोलेरो गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले धरानको जिरोपइन्टबाट १ सय ४९ किलो गाँजा बरामद गरेको हो । सुराकीका आधारमा चेकजाँच गर्दा बीआर १० पी ९१५४ र एमपी १७ टीए ०५१२ नम्बरको भारतीय गाडीमा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता डीएसपी नवराज मल्लले ज...
विराटनगर महानगरबाट सुरु भयो श्रम स्वीकृति

विराटनगर महानगरबाट सुरु भयो श्रम स्वीकृति

विराटनगर । वैदेशिक रोजगारीमा जानेहरूका लागि विराटनगर महानगरपालिकाबाट सोमबारदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु गरिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृति पत्र दिएर सेवा सुरुवात गरेकी हुन् । वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार...
डाँडागाउँमा आगोले घर जलेर नष्ट

डाँडागाउँमा आगोले घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.३ स्थित डाँडागाउँका कुलबहादुर थापाको घरमा आज बिहान आगलागी भएको छ । बिहान करिब ८ः१५ बजे थापाको घरमा आगो लागेको हो । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । स्थानीयवासी र प्रहरीले करिब डेढ घण्टापछि ९ः४५ बजे आगो नियन्त्रणमा लिएका छन् । घटनाको जानकारी पाएपछि चानुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । आगलागीबाट करिब १५ लाख बराबरक...
सुनसरीमा १ करोड ८२ लाख नक्कली पैसा भेटियो

सुनसरीमा १ करोड ८२ लाख नक्कली पैसा भेटियो

सुनसरी । सुनसरीको इनरुवाबाट ठूलो परिमाणमा नक्कली नोट फेला परेको छ । भारतीय नम्बर प्लेटको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली पैसा फेला परेको हो । इनरुवा-४ स्थित सुनसरी खोलाको पुल नजिक आइतबार ट्राफिक प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा नक्कली पैसा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाडीभित्र पछाडिको भागमा बोराभित्र झोलामा राखिएको अवस्...
महालक्ष्मीका कृषकलाई अनुदानमा कृषि औजार

महालक्ष्मीका कृषकलाई अनुदानमा कृषि औजार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.–१ का कृषकहरूलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । महालक्ष्मी नगरपालिका र वडा नं.१ को कार्यालयले ८० जना कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । कृषकहरूलाई हाते ट्याक्टर, सोलार वाटर हिटर, च्यापकटर र मिनिटिलर वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण गरी कृषकको लागत घटाउँदै उत्पादन वृद्धिका लागि कृषि औजार प्रदान गरिएको वडाध्यक्ष टेकबहादुर...
महालक्ष्मीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

महालक्ष्मीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटा । धनकुटाको महालक्ष्मीले जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । महालक्ष्मी नगरपालिका-४ स्थित दमारमा भएको प्रतियोगितामा ३३ स्वर्ण, २१ रजत र २६ कास्य पदकसहित महालक्ष्मी नगरपालिकाले उपाधि जितेको हो । १३ स्वर्ण, १३ रजत र ७ कास्य पदकसहित धनकुटा नगरपालिकाले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै, ३ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित चौबिसे गाउँपालिका तृतीय बनेको छ ...
विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । विराटनगरको बरगाछीमा आज ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका-९ का २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी, इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटर हुन् । घटनापछि आक्रो...
धनकुटा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गिरी निर्वाचित

धनकुटा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गिरी निर्वाचित

धनकुटा । नेकपा एमाले निकट धनकुटा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा महेन्द्र गिरी निर्वाचित भएका छन् । काठमाडौंको तिलगङ्गामा आज सम्पन्न मञ्चको १२ औं सम्मेलनले सहिदभूमिका गिरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा पाख्रीवासका तेजबहादुर राई, महिला उपाध्यक्षमा धनकुटा नगरपालिकाकी रेखा पाख्रिन, सचिवमा साँगुरीगढीका मोहनकुमार राई निर्वाचित भएका छन...
बहराइनमा रहेका नेपालीद्वारा धनकुटाको बाल पुनस्थापना केन्द्रलाई एक लाख सहयोग

बहराइनमा रहेका नेपालीद्वारा धनकुटाको बाल पुनस्थापना केन्द्रलाई एक लाख सहयोग

धनकुटा । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका नेपालीहरूले धनकुटा नगरपालिका-४ श्रीपञ्चमी पार्कस्थित बाल पुनस्थापना केन्द्रलाई सहयोग गरेका छन् । प्रवासी नेपाली मञ्च बहराइनले पुनस्थापना केन्द्रमा रहेका बालबालिकाहरूका लागि एक लाख आर्थिक सहयोग गरेको हो । धनकुटामा शनिवार कार्यक्रम गरेर सहयोग प्रदान गरिएको छ । प्रवासी नेपाली मञ्च बहराइनका सल्लाहकार डीवी सुवेदीले खातामा रकम जम्मा गरेको भौचर बाल पुनस्था...
बनिसासहित छ जना युवा उद्यमी सम्मानित

बनिसासहित छ जना युवा उद्यमी सम्मानित

विराटनगर । विराटनगरको तनस्का फेसन स्टुडियोकी सञ्चालक बनिसा शर्मा कटेलसहित छ जना युवा उद्यमी सम्मानित भएका छन् । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले १३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार युवा उद्यमीहरूलाई सम्मानित गरेको हो । भारतमा फेसन डिजाइन अध्ययन गरेर आएकी बनिसाले विराटनगरको पिपलचोकमा तनस्का फेसन स्टुडियो सञ्चालन गर्दै आएकी छन् । तनस्का, फेसन डिजाइनरले सञ्चालन गरेको कोशी प्रदेशको पहि...
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री र दुई राज्यमन्त्री

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री र दुई राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले आज चार मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादीबाट दुई जनालाई मन्त्री बनाइएको हो । नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार स्वास्थ्य र कांग्रेसकै रामकुमार खत्री उद्योग कृषि तथा सहकारी मन्त्री बनेका छन् । माओवादी केन्द्रका राजेन्द्र कार्की र नारायण मगर पनि मन...
नोबेलमा १० वर्षीया बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया

नोबेलमा १० वर्षीया बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया गरिएको छ । मोरङको कटहरी गाउँपालिकाकी १० वर्षीया दिपिका ऋषिदेवको ठूलो र जटिल ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । उनलाई दुई महिना अघिदेखि टाउको दुख्ने र उल्टी हुने समस्या देखिएको थियो । विस्तारै शरीरको देब्रे भाग चल्न छोडेर दुई दिनदेखि बेहोस थिइन् । नोबेलमा ल्याएर सीटीस्क्यान गर्दा टाउकाको दाह...
धनकुटामा निःशुल्क स्वास्थ्य जाँच शिविर हुने

धनकुटामा निःशुल्क स्वास्थ्य जाँच शिविर हुने

धनकुटा । धनकुटा नगरपालिका-७ परिचयमोडस्थित सुभाष मेडिकल एण्ड डायग्नोस्टिक सेन्टरमा यही माघ २८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । युनिभर्सल युथ ग्रुपको प्राविधिक सहयोगमा सुभाष मेडिकलले एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविर गर्न लागेको हो । पाइल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने दुख्ने, मलद्वारमा मासु पलाएको, शरीरमा निस्किएका गाँठागुँठी लगायतको निःशुल्क जाँच ग...
धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

धनकुटा । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा-६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि...
धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन

धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन

धनकुटा । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी लगायत वितरण गरिएको प्रेस चौतारी धनकुटाका अ...
माओवादीको केन्द्रिय कमिटी छरितो बनाउँन धनकुटाका नेता कार्यकर्ताको सुझाव

माओवादीको केन्द्रिय कमिटी छरितो बनाउँन धनकुटाका नेता कार्यकर्ताको सुझाव

धनकुटा । नेकपा (माओवादी केन्द्र) धनकुटाका नेता कार्यकर्ताले पार्टीको केन्द्रिय कमिटी छरितो बनाउँन सुझाव दिएका छन् । माओवादी केन्द्रको प्रस्तावित विधान मस्यौदाका विषयमा पार्टीको जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा नेता कार्यकर्ताले यस्तो सुझाव दिएका हुन् । माओवादी केन्द्रको विधानमा केन्द्रीय समिति सदस्य संख्या २९९ हुने व्यवस्था छ । तर, अहिले केन्द्रीय समिति सदस्य ...
सहिदभूमिका गाउँ-गाउँमा घुम्ती शिविर

सहिदभूमिका गाउँ-गाउँमा घुम्ती शिविर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले गाउँ-गाउँमा एकीकृत घुम्ती शिविर आयोजना गरेको छ । सर्वसाधारण नागरिकलाई गाउँमै पुगेर सेवा प्रदान गर्न गाउँपालिकाले वडा नं.-१ स्थित धापबाट घुम्ती शिविर अभियान सुरु गरेको हो । अब, पालिकाका सबै वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । बालबालिका, वृद्धवृद्धा र अपांगता भएका अशक्त नागरिकलाई लक्षित गरेर पालिकाका सात वटै वडामा घुम्ती शिविर...
विराटनगरमा कुष्ठरोगीलाई फाइबर सिरक वितरण

विराटनगरमा कुष्ठरोगीलाई फाइबर सिरक वितरण

विराटनगर । ७१ औं कुष्ठरोग दिवसको अवसरमा आज विराटनगरका कुष्ठरोगीलाई फाइबर सिरक वितरण गरिएको छ । दिवसको अवसरमा विराटनगर महानगरपालिकाले कुष्ठरोगीलाई सिरक दिएको हो । विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । प्रायजसो गरिबीसँगै जोडिएको यो रोग लागेकाहरू अपाङ्गताको दोस्रो श्रेणीमा पर्छन् । उनीहरूले आगो ताप...
धनकुटा सिटी जेसिजको अध्यक्षमा धमला निर्वाचित

धनकुटा सिटी जेसिजको अध्यक्षमा धमला निर्वाचित

धनकुटा । धनकुटा सिटी जेसिजको अध्यक्षमा सुरेशप्रसाद धमला निर्वाचित भएका छन् । सिटी जेसिजको अधिवेशनले धमलाको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको कार्यकारी उपाध्यक्षमा सुवास खनाल र सरिता लिम्बू, उपाध्यक्षमा सविन श्रेष्ठ, सुवास भट्टराई, सन्तोष बस्नेत र भोलाराज थापा, महासचिवमा दिनेश भण्डारी, सचिवमा सभ्या राई र कोषाध्यक्षमा ईश्वरी सुवेदी चयन भएका छन् । त्यस्तै, कानू...
कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

विराटनगर । कोशी प्रदेशबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै सिटौला विजयी भएका हुन् । सिटौलाले ५२९२ मतभार प्राप्त गर्दा पौडेलले ४५६२ मतभार पाएका छन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाए, उद्धवलाई ४७ सांसदले मतदान गरे । स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाएका छन् भने उद्धवलाई १०९ जनाले मतदान गरेका छन् ।...
कोशीमा सत्ता गठबन्धनका मतदाताद्वारा ‘फ्लोर क्रस’ : एमालेकी कोइराला निर्वाचित

कोशीमा सत्ता गठबन्धनका मतदाताद्वारा ‘फ्लोर क्रस’ : एमालेकी कोइराला निर्वाचित

विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेपछि एमाले उम्मेद्वार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला बिजयी भएकी हुन् । राप्रपाको पनि समर्थन पाएकी एमाले उम्मेद्वार कोइरालाले ५ हजार ८६ मतभार पाएकी छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको स...
बालिकालाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी महिला पक्राउ

बालिकालाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी महिला पक्राउ

काठमाडौं । बालिकाहरूलाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी एक महिला काठमाडौंबाट पक्राउ परेकी छन् । पैसाको लोभमा बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.१ की आशा लामा भनिने ३६ वर्षीया लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले काठमाडौं-३२ स्थित जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालन गर्दै आएकी छन् । सोही क्याफे तथ...
error: Content is protected !!