पेरिस ओलम्पिकः ब्याडमिन्टनमा आयरल्याण्डका खेलाडीसँग प्रिन्स दाहाल पराजित
विराटनगर । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को खेलमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा आज भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्याण्डका हात गुयेनसँग उनी पराजित भएका हुन् ।
गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिने...




























