दरहैयाको पाथिभरा जनता विद्यालयमा डेङ्गु सचेतना कार्यक्रम

दरहैयाको पाथिभरा जनता विद्यालयमा डेङ्गु सचेतना कार्यक्रम

विराटनगर । विराटनगर जेसीजले विराटनगर–१६ दरहैयास्थित पाथिभरा जनता आधारभुत विद्यालयमा डेङ्गु संक्रमण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । त्यस अवसरमा झुल पनि वितरण गरिएको थियो । विराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाको सभापतित्वमा भएको कार्यक्रममा महानगर पालिकाका जनस्वास्थ्य अधिकृत हैदर अलीले सचेतनामूलक जानकारी  दिएका थिए । नेपाल एग्रो सेन्टरका सञ्चालक अनिलकुमार साहको सहयोगमा झुल वितरण गरिएको...
धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘सहिदभूमि गाथा’ तयार पारेको छ । उक्त पाठ्यक्रमको लोकार्पण गरिएको छ । सरोकारवालासँग विभिन्न चरणको छलफल र स्थानीय शिक्षाविद् एवं बुद्धिजीवीहरूको राय एवं सल्लाह सुझावका आधारमा तयार पारिएको पाठ्यक्रमको गाउँपालिका अध्यक्ष मनोज राईले लोकार्पण गरेका हुन् । गाउँपालिकाभित्रका हरेक कुरा विद्यार्थीहरूलाई जानकारी हुने गरी विषयवस्तु समावेश गरेर पाठ्य...
नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

काठमाडौँ  ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि हरेक प्रदेशबाट १–१ टोली चयन गरेको हो । वाग्मती प्रदेशको हकमा भने दुई टोली रहनेछ । वाग्मतीबाट काठमाडौं र चितवनको टोली हुनेछ । अन्य टोलीमा विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् । ...
झापाको सुरुंगामा बस दुर्घटना

झापाको सुरुंगामा बस दुर्घटना

झापा । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटना भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

सङ्खुवासभा । सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण ...
भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुर । भोजपुरमा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो । चरन क्षेत्र अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रवि...
झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख ००३५ नम्बरको बसले गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उप...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८२...
महिला लिग आजदेखिः उद्‌घाटन खेलमा कोशी र वालिङ भिड्ने

महिला लिग आजदेखिः उद्‌घाटन खेलमा कोशी र वालिङ भिड्ने

काठमाडौँ । एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको उद्‌घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा सुरु हुनेछ । प्रतियोगिताको उद्‌घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार लिग दुई चरणमा हुनेछ । लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागीय तीन टोली त्रिभुवन आर्मी, एपीएफ र...
सुशील कोइराला फाउण्डेसनद्वारा महिला नेतृहरू सम्मानित   

सुशील कोइराला फाउण्डेसनद्वारा महिला नेतृहरू सम्मानित   

विराटनगर । सुशील कोइराला फाउण्डेसनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पुर्याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ । तीजका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेसनले पाँचजना महिलालाई सम्मान गरेको हो । ‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेसनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई सम्मा...
झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ ले निर्देशन गरेको नाटकको ५१ औँ शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा ३० शो तथा झोराहाटमा २१ शो मञ्चन भएको हो । नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगर लगायतका स्थानबाट बाक्लो स...
२०८१ भदौ १६ गते आइतबार/आजको राशिफल

२०८१ भदौ १६ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर ०१ नेपाल सम्वत् ११४४ गुंलागा चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण चर्तुदशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, परिधि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४२ बजे, सूर्यास्त साँझ ०५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसु...
मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

विराटनगर । मोरङको सुन्दरहरैँचामा आज दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केराघारीभित्र दिदीबहिनी मृत भेटिएका हुन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आइका र १ वर्षीया अर्पणा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनीहरूलाई केराघारीमा मृत अवस्थामा देखेर प्रहरीमा खबर गरेका थिए । अर्जुनकी श्रीमती २९...
धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटा । धनकुटाको सिधुवामा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ । शनिबार पुस्तकालय दिवसको अवसरमा उक्त केन्द्रको उद्घाटन गरियो । छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुरा र छथारजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्‌घाटन गरेका थिए । उक्त पुस्तकालय जापान सरकार र ...
हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा तामाङ

हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा तामाङ

धनकुटा । हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा आशिष तामाङ निर्वाचित भएका छन् । क्लबको शनिबार भएको छैटौँ साधारणसभाबाट तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो । क्लबको उपाध्यक्षमा राम प्रधान, सचिवमा लक्ष्मण प्रधान, सहसचिव पेम्बा लामा र कोषाध्यक्षमा कुमार तितुङ चयन भएका छन् । सदस्यमा श्रीओम श्रेष्ठ, सन्तोष राणा, अम्बर तितुङ, रमेश श्रेष्ठ, अरुणा तामाङ, प्रमिला बरुवाल ठकुरी चुनिएका छ...
हत्या मुद्दामा जन्मकैद सजाय पाएका दोषी पक्राउ

हत्या मुद्दामा जन्मकैद सजाय पाएका दोषी पक्राउ

झापा । हत्या मुद्दामा जन्मकैद सजाय पाएर फरार रहेका पाँचथरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको च्याङथापु घर भइ झापाको दमक–१० बस्दै आएका ३३ वर्षीय सुजन बेघा छन् । प्रहरीका अनुसार २०६७ जेठ २९ गते उनले स्थानीय खगेन्द्र राईलाई कुटपिट गरेका थिए । उपचारका क्रममा राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १४ गते मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान गरी मुद्दा ...
खोटाङमा चट्याङले तीनजना घाइते

खोटाङमा चट्याङले तीनजना घाइते

खोटाङ । चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीनजना गम्भीर घाइते भएका छन् । गएराति परेको चट्याङले स्थानीय मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस, दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा र टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा उपचार भइरहेको छ । सुरुमा बेहोस भएका उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको...
२०८१ भदौ १५ गते शनिबार/आजको राशिफल

२०८१ भदौ १५ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १५ गते शनिबार ई.सं.२०२४ अगस्ट ३१ नेपाल सम्वत् ११४४ गुंलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४२ बजे, सूर्यास्त साँझ ०५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै ...
चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

चट्याङ लागेर सुनसरीको कोशीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ छन् । माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो । उनीसँगै रहेका स्थानीय हदिस मियाँ घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पलेशाले जितिन् नेपालका लागि कांस्य पदक

पलेशाले जितिन् नेपालका लागि कांस्य पदक

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्बियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्द...
विराटनगरमा सफारी चालकको आन्दोलनले राजमार्ग ठप्प (फोटो फिचर)

विराटनगरमा सफारी चालकको आन्दोलनले राजमार्ग ठप्प (फोटो फिचर)

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएपछि चालकहरू आन्दोलित बनेका छन् । बिहीबारबाट राजमार्गमा सफारी सञ्चालनमा रोक लगाइएको विरोधमा आज शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् । केहीबेर विराटनगर महानगरपालिका अगाडि धर्ना दिएका सफारी चालकले अहिले भने कोशी राजमार्ग अन्तर्गत बरगाछीमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । उनीहरूले राजमार्गमा सफारी च...
मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

काठमाडौँ । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि चार लाख रुपैयाँ छ । यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो । छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्म...
विराटनगरका सिटी सफारी चालकहरू आन्दोलित

विराटनगरका सिटी सफारी चालकहरू आन्दोलित

विराटनगर । राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाउने निर्णयविरुद्ध चालकहरू आन्दोलित भएका छन् । उनीहरूले आज विराटनगर महानगरपालिकाको मूल गेट अगाडि भेला भएर विरोध प्रदर्शन गरे । सिटी सफारी समेत लिएर पुगेका उनीहरूले गरेको प्रदर्शनका कारण विराटनगरको मेनरोड क्षेत्रमा अवरोध भएको थियो । विराटनगरको कोशी राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन नपाइने निर्णय फिर्ता लिन उनीहरूले माग गरेका थिए । महानग...
ब्राउन सुगरसहित विराटनगरबाट दुईजना पक्राउ

ब्राउन सुगरसहित विराटनगरबाट दुईजना पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का २१ वर्षीय तिलक यादव र भारतको जोगवनीका २१ वर्षीय विशालकुमार साहलाई पक्राउ गरिएको हो । इलाका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बिहीबार अपरान्ह पक्राउ गरेको हो । भारतको जोगवनीबाट को २५ प २११ नम्बरको स्कुटरमा आउँदै गरेका उनीहरूलाई जाँच ...
कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय गरिने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलको बैठकले यसबारे निर्णय गर्दैछ । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका र्छौं’ उनले संगालोखबरसँग भने, ‘अब प्रतिपक्षमा बसेर आफ्नो भूमिका न...
बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

धनकुटा । धनकुटाको चौबिसेमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका–५ बैकुण्ठेका ४५ वर्षीय प्रेमबहादुर जोगीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले जोगीको साथबाट एउटा भरुवा बन्दुक, एउटा खुकुरी र एउटा चक्कु समेत बरामद गरेको छ । उनीबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्...
पाँचथर विस्फोटः दाजु बहिनीको मृत्यु

पाँचथर विस्फोटः दाजु बहिनीको मृत्यु

पाँचथर । विस्फोटक पदार्थ पड्‌किँदा घाइते भएका पाँचथरको फालेलुङका दाजुबहिनीको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–५ स्थित डाँडा गाउँको एक घरमा विस्फोट हुँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षीय दिप्सन साँवा र उनकी बहिनी दुई वर्षीया प्रियंशा साँवा छन् । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचा...
पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

पाँचथर विस्फोटः एक बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङमा भएको अज्ञात वस्तु विस्फोट घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा इलाममा पुग्दा बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार अढाइ वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको हो । उक्त घटनामा परी डाँडागाउँका दिलीप सा...
२०८१ भदौ १४ गते शुक्रबार/आजको राशिफल

२०८१ भदौ १४ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ भदौ १४ गते शुक्रबार ई.सं.२०२४ अगस्ट ३० नेपाल सम्वत् ११४४ गुंलागा द्धादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण द्वादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ०५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै द...
भारी वर्षापछि भेलले बगाएर धरानमा बालकको मृत्यु

भारी वर्षापछि भेलले बगाएर धरानमा बालकको मृत्यु

सुनसरी । भारी वर्षापछि आज साँझ भेलले बगाउँदा धरानमा एक बालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ ऐश्वर्य मार्गको नालामा आएको भेलले बाढीले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो । स्थानीय भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत उनलाई पढाइ सकेर घर फर्कँदै गर्दा नालाको भेलले बगाएको थियो । उनको शव धरान–१७ स्थित ठकुरी खोला पुलदेखि करिब सय मिटर उत्तरतर्फ फेला परेको प्रहरीले जनाएको छ । भारी ...
राजमार्गमा सिटी सफारी चलाउन रोकः के भन्छन् सरोकारवाला ?

राजमार्गमा सिटी सफारी चलाउन रोकः के भन्छन् सरोकारवाला ?

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँगको सहकार्यमा आजबाट राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएको छ । यसको सफारी चालकले विरोध जनाएका छन् । कतिपयले समर्थन गरेका छन् भने कतिपयले विरोध जनाएको छन् । विराटनगर–६ का महम्मद अन्सारी सिटी सफारी चलाउँदै आएका छन् । कोशी राजमार्गमा सफारी चलाउन रोक लगाएको प्रति उनको आपत्ति छ । यो नियमका कारण सफारी चालकलाई धेरै समस्या पर्न...
error: Content is protected !!