सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधबार सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ५६ हजार चार...
२०८१ असोज ४ गते शुक्रबार/आजको राशिफल

२०८१ असोज ४ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ असोज ०४ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर २० नेपाल सम्वत् ११४४ ञंलागा तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण तृतीया, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ०६ः०२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै ...
संविधान दिवसः जितपुरमा पनि दीप प्रज्वलन

संविधान दिवसः जितपुरमा पनि दीप प्रज्वलन

धनकुटा । संविधान दिवसको अवसर पारेर आज साँझ धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको संयोजनमा स्थानीयवासीले दीप प्रज्वलन गरेका हुन् । नेपालको नक्सा र राष्ट्रिय झन्डाको आकृति बनाएर दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी नगरका संस्थापक मेयर पर्शुराम नेपालले मैनबत्ती बालेर दीप प्रज्वलन कार्यक्रम सुरुवात गरेका थिए । जनताक...
लघुवित्त माथि राजनीतिक हस्तक्षेप रोक्न माग

लघुवित्त माथि राजनीतिक हस्तक्षेप रोक्न माग

विराटनगर । लघुवित्त वित्तीय संस्था माथि राजनीतिक हस्तक्षेप रोक्नुपर्ने आवाज उठेको छ । संविधान दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रभातफेरीमा लघुवित्तका सदस्यहरूले आवाज उठाएका हुन् । प्रभातफेरीमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्ट लगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरता सहित लघुवित्त संरक्षण गर्न माग गरेका हुन् । लघुवित्त सदस्यहरूले ‘लघुवित्त हाम...
धनकुटामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

धनकुटामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-७ चिरबिरे चौतारास्थित एउटा घरमा खाना पकाउने ग्यास लिक हुँदा आगलागी भएको छ । आज बिहान ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एउटा कोठामा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट कोठामा भएका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । स्थानीयवासी र प्रहरीले करिब आ...
भोजपुरका किसान खोर्सानी खेतीमा आकर्षित 

भोजपुरका किसान खोर्सानी खेतीमा आकर्षित 

भोजपुर । पछिल्लो समय भोजपुरमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न थालिएको छ । राम्रो आम्दानी हुने भएपछि कृषकहरू खोर्सानी खेती तर्फ आकर्षित भएका हुन् । अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका-५ का फविन्द्र प्रधान खुर्सानीबाट राम्रो आम्दानी गर्न सकिने बताउँछन् । उनले २० रोपनी क्षेत्रफलमा खोर्सानी लगाएका छन् । उनले भने, ‘यहाँ उत्पादित खोर्सानी बाहिर निर्यात हुने भएकाले थप स...
धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ को वडा कार्यालय भवन उद्‌घाटन गरिएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई कोठे भवन आज उद्‌घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्‌घाटन गरेका छन् । भवन उद्‌घाटन गर्दै नगर प्रमुख तामाङले वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गरे । यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा...
धनकुटामा कुकुर बन्ध्याकरण शिविर

धनकुटामा कुकुर बन्ध्याकरण शिविर

धनकुटा । धनकुटामा कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाको आयोजनामा शिविर राखेर कुकुर बन्ध्याकरण सुरु गरिएको हो । धनकुटा बजार क्षेत्रमा रहेका बेवारिसे कुकुरलाई भेला पारेर भेटेरिनरी अस्पताल लगेर बन्ध्याकरण गरिने छ । रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा कुमारी गौतमले जान...
विराटनगरमा मनाइयो संविधान दिवस

विराटनगरमा मनाइयो संविधान दिवस

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा संविधान दिवस मनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरको सहिद रङ्गशालाबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै आदर्श माध्यमिक विद्यालय पुगेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण अङ्ग प्रदेश भएको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले सघंमा रहेका अधिकार प्रदेशल...
सुनको मूल्य तोलामा आठ सय घट्यो 

सुनको मूल्य तोलामा आठ सय घट्यो 

विराटनगर । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेर सुन एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १० रुपैयाँ घटेको चाँदी एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
धनकुटामा मनाइयो संविधान दिवस

धनकुटामा मनाइयो संविधान दिवस

धनकुटा । धनकुटामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । सहिद स्तम्भमा माल्यार्पण, प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । बसपार्कबाट सुरु भएको प्रभातफेरी मदन चोक, चुवाको बोट, परिचय मोड, भीमसेन थान, भीमनारायण चोक र सिरान बजार हुँदै जिल्ला समन्वय समितिमा पुगेको थियो । अन्तरक्रिया कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्टार राजकुमार दाहालले...
विराटनगरमा आज युवा उद्यमी मञ्चले ‘बैंक एडिसन’ फुटसल प्रतियोगिता गर्दै

विराटनगरमा आज युवा उद्यमी मञ्चले ‘बैंक एडिसन’ फुटसल प्रतियोगिता गर्दै

विराटनगर । युवा उद्यमी मञ्च विराटनगरले आज ‘बैंक एडिसन’ फुटसल प्रतियोगिता गर्ने भएको छ । बैंकसहित बीमा कम्पनीका कर्मचारीहरूको पनि सहभागितामा प्रतियोगिता गर्न लागिएको हो । विराटनगर–९ स्थित जेएनएल फुटसल मैदानमा बिहान ११ बजेबाट प्रतियोगिता सुरु हुने युवा उद्यमी मञ्चका उपाध्यक्ष रोमन कटेलले जानकारी दिए । युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष एवं नेपाल खेलकुद महासङ्घका मनोजविक्रम शाहले प्रतियोगिता उद्‌घाट...
२०८१ असोज ३ गते बिहीबार/आजको राशिफल

२०८१ असोज ३ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ असोज ०३ गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर १९ नेपाल सम्वत् ११४४ ञंलागा द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वृद्धि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ०६ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै...
धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ बरबोटेमा आज दिउँसो रुखको हाँगाले लागेर वृद्धको मृत्यु भएको छ । दिउँसो करिब ३ः३० बजे पानीको पाइप जोड्न गएका बेला रुखको हाँगा झरेर लाग्दा स्थानीय ७२ वर्षीय कमल भण्डारीको मृत्यु भएको हो । पाइप जोड्ने क्रममा सल्लाको सुकेको हाँगा झरेर लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी...
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा उपस्थित ८३ जना सांसदमध्ये ६६ जनाले पक्षमा र १५ जनाले विपक्षमा मत दिएका छन् । दुई जना भने मतदानमा सहभागि भएनन् ।  ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  प्रदेशसभामा नेकपा एम...
विश्वासको मतका लागि मात्र सांसद भए जस्तो महसुस हुन थाल्यो : भक्ति सिटौला

विश्वासको मतका लागि मात्र सांसद भए जस्तो महसुस हुन थाल्यो : भक्ति सिटौला

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै दलका नेता भक्ती सिटौलाले विश्वासको मत नदिने बताएका हुन् । उनले भने, ‘कोशी प्रदेशमा विश्वासको मतका लागि मात्र सांसद भएर आएजस्तो लाग्छ । यो लाजमर्दो कुरा हो । हामीले हाम्रो औचित्यता नै प्रस्तुत गर्न सकेका छैनौँ ।’...
नेकपा एकीकृत समाजवादी तटस्थ बस्ने, पक्ष विपक्षमा नै मत नदिने

नेकपा एकीकृत समाजवादी तटस्थ बस्ने, पक्ष विपक्षमा नै मत नदिने

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान नगर्ने भएको छ । नेकपा एस संसदीय दलका नेता राजेन्द्र कुमार राईले आफूहरू तटस्थ बस्ने बताएका हुन् ।  प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै विगतमा आफूहरूले दिएको मतको कुनै औचित्य नभएको उनले बताए । उनले भने, ‘हामीले ...
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । जारी प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । आफू नेतृत्वको सरकारले विभिन्न महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरे । उनले प्रदेशबासीको हितका लागि आफूले काम गर्ने बताए ।    मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र राप्रपाले विश्वासको ...
मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता राईको निधन

मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता राईको निधन

विराटनगर । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ । आज बिहान अचानक लडेका उनको उपचारका लागि ग्रान्डी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । राई मोरङको पथरीशनिश्चरे नगरपालिका-१ निवासी हुन् । मोरङको ‘फोनिक्स फिटशाला’बाट सहभागि भएका राई गत शनिबार दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको विजेता बनेका थिए । उनी टोखा नगरपालिका-६ स्थित...
सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । सङ्खुवासभाको मकालु गाउँपालिका-३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी नगरपालिका-८ का चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । आज वरुणबाट खाँदबारी आउँदै गरेको ट्याक्टर भिरबाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भिरबाट खसेको ट्याक्टर अरुण न...
इटहरीमा गुड्न थाले विद्युतीय नगरबस, विराटनगरमा हल्ला मात्रै

इटहरीमा गुड्न थाले विद्युतीय नगरबस, विराटनगरमा हल्ला मात्रै

इटहरी । इटहरी उपमहानगरपालिकाले आजबाट चारवटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । इटहरीका चार वटै क्षेत्रलाई समेटेर नगर बस सञ्चालनमा ल्याइएको हो । नगरबस सञ्चालनमा आएसँगै नगरवासीले सहुलियत भाडादरमा नगरक्षेत्रभित्र यात्रा गर्न पाउने भएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बसको उद्‌घाटन गर्दै चारवटै क्षेत्रलाई समेटेर रुट तयार पारिएको जानकारी दिए । बिहान ७ देखि ११ बजेसम्म र अपराह...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
झापाबाट लागूऔषधसहित दुई जना पक्राउ

झापाबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । झापाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । हिजो साँझ झापा गाउँपालिका-४ बाट ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर उनीहरू पक्राउ परेका हुन् । कमल गाउँपालिका-७ का २५ वर्षीय सन्देश लिम्बू र ३६ वर्षीय पूर्ण बहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । मे ५ प ९६७३ नम्बरको स्कुटर चेकजाँचको क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । यसैगरी सुनस...
धनकुटामा संविधान दिवसको अवसरमा वृक्षरोपण

धनकुटामा संविधान दिवसको अवसरमा वृक्षरोपण

धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा धनकुटामा वृक्षरोपण गरिएको छ । आज डिभिजन वन कार्यालय र सामुदायिक वन महासङ्घ धनकुटाको संयोजनमा वृक्षरोपण तथा गतवर्ष रोपिएका बिरुवामा गोडमेल गर्दै मलजल गरिएको हो । धनकुटा नगरपालिका-६ स्थित हाडिखर्क सामुदायिक वनमा गतवर्ष रोपिएका बिरुवाको गोडमेल तथा मलजल गरिएको छ । हरेक वर्ष बिरुवा रोपिए पनि संरक्षण नभएको गुनासो बढेसँगै यसवर्ष रोपिएका बिरुवाको संरक...
नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले तीन अर्ब लगानी गरेर क्यान्सरको उपचार सेवा विस्तार गरेको छ । बेग्लै भवन निर्माण गरेर अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापन गरी नोबेलले क्यान्सरको सम्पूर्ण उपचार सेवा विस्तार हो । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माका पिता लोकनाथ र माता होमादेवी न्यौपानेले मङ्गलबार रिबन काटेर औपचारिक उद्‌घाटन गरेपछि नयाँ भवनबाट उपचार थालिएको हो । नोबेलमा ...
पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले कार्यशाला गोष्ठी गर्दै

पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले कार्यशाला गोष्ठी गर्दै

विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ । असोज ४ र ५ गते जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी गर्न लागिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए । कार्यशालामा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव थापाले बताए । कार्यशालाका...
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रो पटक विश्वासको मत लिदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काङ्ग्रेस सहभागी छ । संविधानको धारा १६८ (५) अनुसार गत बैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कार...
२०८१ असोज २ गते बुधबार/आजको राशिफल

२०८१ असोज २ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ असोज ०२ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर १८ नेपाल सम्वत् ११४४ ञंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, भदौ शुक्ल पूर्णिमा, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः५० बजे, सूर्यास्त साँझ ६ः०४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा र...
मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए ।  डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने ख...
विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगर । विराटनगरमा एक सय ८९ किलो गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो विहान र बेलुका कार र स्कारपियो गाडीबाट गाँजा बरामद गरेको हो । हिजो राति विराटनगर-१७ मण्ठापोखरीबाट को २ च ७५९ नम्बरको स्कारपियोबाट एक सय ४६ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । संकास्पद अवस्थामा देखेपछि प्रहरीले स्कारपियोमा चेकजाँच गरेको थियो । गाडी चालक सुनस...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो तोलामा पाँच सय रुपैयाँ बढेर सुन तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो प्र...
error: Content is protected !!