
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















