संगालोखबर


विराटनगर । मोरङका विभिन्न नाकाबाट अवैधरूपमा ल्याइएको १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको सामानसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामानसहित विराटनगर-१७ रानी बस्ने ३२ वर्षीय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं.३ कंकालिनी गण मोरङ र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।

Advertisement

बरामद भएको सामानहरूमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधि, सिटी सफारी र स्कुटर छन् । नियन्त्रणमा लिइएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!