धनकुटामा क्यान्सर परीक्षण सेवा सुरू हुने

धनकुटामा क्यान्सर परीक्षण सेवा सुरू हुने

विराटनगर । धनकुटामा क्यान्सर उपचारसम्बन्धी सेवा उपलब्ध हुने भएको छ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा कोशी प्रदेशको धनकुटाबाट सेवा दिने भएको हो । अस्पतालले भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार...
मोटरसाइकलमा गाँजा ओसार्ने धनकुटाको साँगुरीगढीका युवक पक्राउ

मोटरसाइकलमा गाँजा ओसार्ने धनकुटाको साँगुरीगढीका युवक पक्राउ

विराटनगर । मोटरसाइकलमा गाँजा ओसारिरहेको अवस्थामा प्रहरीले धनकुटाको साँगुरीगढी–९ का २३ वर्षीय रामबहादुर राईलाई पक्राउ गरेको छ । सुनसरीको दुहबी–५ मा उनी चढेको बा ५७ प १२२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा गाँजा ओसारिरहेको पाइएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ३९ किलो गाँजा बरामद गरेको छ । धनकुटाका राईसहित प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको कोशी प्रदे...
भोजपुरको साल्पासिलिछोमा बाढीले सडक बगाउँदा आवागमन बन्द

भोजपुरको साल्पासिलिछोमा बाढीले सडक बगाउँदा आवागमन बन्द

भोजपुर । इर्खुवा खोलाको बाढीले सडक क्षतिग्रस्त बनाएपछि साल्पासिलिछो गाउँपालिकामा आवागमन प्रभावित भएको छ । बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न ठाउँमा बगाएको छ । गत साताको बाढीबाट पुललगायतका अन्य संरचनामा पनि क्षति भएको प्रहरीले जनाएको छ । बाढीका कारण उक्त पालिकाको वडा ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुल पनि क्षति भएको छ । बाढीले सड...
सर्पले डसेर मोरङको कानेपोखरीमा एक जनाको मृत्यु

सर्पले डसेर मोरङको कानेपोखरीमा एक जनाको मृत्यु

विराटनगर । सर्पले डसेर मोरङको कानेपोखरीमा एक पुरुषको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५३ वर्षीय विजय सुन्दासको सर्पले डसेर हिजो अपराह्न मृत्यु भएको हो । प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि सिकिस्त भएका उनको उपचारको लागि इटहरीतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।
पूर्वी नाकाबाट अब बङ्गलादेश आयात-निर्यात सहज

पूर्वी नाकाबाट अब बङ्गलादेश आयात-निर्यात सहज

झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै अब पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।   नाका खुलेसँगै काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ  जान थालेका छन् । यसैगरी, बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आउन थालेका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शा...
‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

काठमाडौँ । ‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि काठमाडौंमा आज एक महिलाले पोलबाट हामफाल्ने प्रयास गरेकी छन् । जुम्ला घर भएकी सहारा शाहीले माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् । हामफालेर आत्महत्या गर्ने प्रयास गरेकी शाहीलाई प्रहरीले तत्काल उद्धार गरेर बचाएको छ । हामफाल्नका लागि उनी पोलमा चढिसकेकी थिइन् । आफूसँग दुई वर्षदेखि लिभिङ टुगेदरमा बसेको क...
धनकुटामा बोलेरो र मोटरसाइकल ठोक्किँदा चालक घाइते

धनकुटामा बोलेरो र मोटरसाइकल ठोक्किँदा चालक घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ नुनथलामा आज दिउँसो बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । इटहरीबाट वसन्तपुरतर्फ जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउँदै गरेको प्र १-०४-००१ प १८०७ नम्बरको मोटरसाइकल दिउँसो करिब १ बजे आपसमा जुधेका हुन् । दुर्घटनामा परी मोटरसाइकल चालक तेह्रथुमको लालिगुराँस नगरपालिका-२ का ३५ वर्षीय रविकिरण लिम्बू घाइते भएको प...
सिधुवामा प्रहरी चौकी बनेको तीन वर्ष भयो, सञ्चालन भएन

सिधुवामा प्रहरी चौकी बनेको तीन वर्ष भयो, सञ्चालन भएन

धनकुटा  । धनकुटाको सिधुवा प्रहरी चौकी निर्माण भएको तीन वर्ष बितिसक्दा पनि प्रयोग भएको छैन । चौकीसम्म पुग्ने सडक स्तरोन्नति र खानेपानी व्यवस्था नहुनु जस्ता कारणले चौकी सञ्चालनमा आउन नसकेको हो । छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा प्रहरी चौकी निर्माण गरिएको छ । निर्माण सम्पन्न भई २०७८ असार ६ गते उद्‌घाटन पनि भएको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले चौकी भवन उद्‌घाटन गरेक...
मोरङको सुन्दरहरैँचामा कारको ठक्करले पैदलयात्रीको मृत्यु

मोरङको सुन्दरहरैँचामा कारको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचामा कारको ठक्करले गएराति एक जनाको मृत्यु भएको छ । सुुन्दरहरैँचा नगरपालिका–७ ठडियामा को १ च ५८७३ नम्बरको कारले ठक्कर दिँदा भारतको आसामका ५५ वर्षीय हुपेनर कठेटको मृत्यु भएको हो । प्रहरीका अनुसार टाउकेसमेत शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक झापाको दमक...
सामुदायिक वन दिवसको अवसरमा धनकुटामा वृक्षरोपण

सामुदायिक वन दिवसको अवसरमा धनकुटामा वृक्षरोपण

धनकुटा । २५औं सामुदायिक वन दिवस धनकुटामा वृक्षरोपण गरी मनाइएको छ । आज आयोजित कार्यक्रममा विभिन्न सामुदायिक वन र वनसँग आवद्ध संघ संस्थाका प्रतिनिधिले वृक्षरोपण गरेका थिए । धनकुटा नगरपालिका–३, कागतेमा रहेको सिलढुंगा सामुदायिक वनमा वृक्षरोपण गरिएको थियो । यसै अवसरमा छथरजोरपाटी गाउँपालिका–१ र २ नम्बर वडाको सिमानामा पर्ने सिंहदेवी तारेभीर सामुदायिक वनमा पनि विभिन्न जातका बिरुवा तथा फलफूलका बिरुवा रोप...
धनकुटाको बक्रकुण्ड पञ्चेश्वर मन्दिरमा नागपञ्चमी मेलाको रमझम

धनकुटाको बक्रकुण्ड पञ्चेश्वर मन्दिरमा नागपञ्चमी मेलाको रमझम

धनकुटा । धनकुटा नगरपालिका–१, हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा नागपञ्चमी अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नागपञ्चमी तथा मन्दिरको १४औं वार्षिकोत्सव अवसरमा मन्दिर परिसरमा एक दिने मेलाको आयोजना गरिएको हो । मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । विभिन्न ठाउँबाट पूजापाठ गरी मेला भर्न आउनेको सङ्ख्या उल्लेख्य थियो । प्रत्येक वर्ष यो मन्दिरमा नागपञ्चमीको अवसरमा मे...
धनकुटाको देब्रेबासमा करेन्ट लागेर वृद्धको मृत्यु

धनकुटाको देब्रेबासमा करेन्ट लागेर वृद्धको मृत्यु

धनकुटा । धनकुटामा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका–४ देब्रेबासको गणेशधाराका ६० वर्षीय कुमार राईको मृत्यु भएको हो । आफ्नै घरमा बिजुलीको मल्टिप्लग जोड्ने क्रममा आज साँझ करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए । करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ...
झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गर्दा एकजना पक्राउ

झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गर्दा एकजना पक्राउ

झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोर्ने प्रयास गर्दागर्दै एक व्यक्ति पक्राउ परेका हुन् । अस्पताल अगाडि पार्किङ गरिएको प्रदेश १–०१–०१४प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा हिजो साँझ इलामको पशुपतिनगरका २५ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रह...
बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

सुनसरी । बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील ‘किवानिज इन्टरनेसनल डिस्ट्रिक्ट नेपाल’ को छैटौं सम्मेलन आजदेखि सुनसरीको इटहरीमा हुने भएको छ । सम्मेलनमा विदेशका प्रतिनिधिसहित ५ सयभन्दा बढीको सहभागिता हुने डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंहले जानकारी दिए । किवानिज क्लब अफ इटहरीको आयोजनामा हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको क्लबकी अध्यक्ष मनि...
सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सङ्खुवासभा । सुनको गहना चोरीमा संलग्न रहेको साथै चोरीका गहना किनेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना मोरङको सुन्दर हरैँचाका छन् । दुईजना सङ्खुवासभाका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनकुटासँगको समन्वयमा खाँदबारी नगरपालिका–६ पाङ्‍ठा टोल घर भएका १९ वर्षीय अनिष बिष्टलाई धनकुटाको पाख्रीबासमा पक्राउ गरेको हो । खाँदबारी–७, ...
आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ति भएको भन्दै उनले यसको संरक्षण गरी चिर...
आज ३०औं विश्व आदिवासी दिवसः ‘संस्कृति संरक्षणमा प्रतिबद्ध छौँ’

आज ३०औं विश्व आदिवासी दिवसः ‘संस्कृति संरक्षणमा प्रतिबद्ध छौँ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ३०औं विश्व आदिवासी दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी जनजातिको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको समेत बताए । यस अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेप...
मनसुन प्रभाव सातै प्रदेशमा, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन प्रभाव सातै प्रदेशमा, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेश सहित आज सातैवटा प्रदेशमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मुलुकका सबै क्षेत्रमा यसको असर देखिने भएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका के...
धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

सुनसरी । खानेपानी महसुल वृद्धि लगायत विषयमा विवाद चर्किरहेका बेला धरानमा एकजना उपभोक्ताको खानेपानीको बिल करिब ५० लाख रुपैयाँ आएको छ । धरान उपमहानगरपालिका–१६ साँगुरी मार्गकी सीतादेवी डाँगीको निजी धाराको नाममा ४९ लाख ९९ हजार २ सय रुपैयाँको पानीको बिल आएको हो । खानेपानी बोर्डले साउन १२ गते डाँगीको नाममा बिल काटेको हो । बिलमा हालको युनिट ९९ हजार ९ सय ९९ सय उठेको लेखिएको छ । खपत बिल पनि ९९ हजार ९ सय...
विराटनगरको परोपकार घाटमा सन्ध्याकालीन आरती हुने

विराटनगरको परोपकार घाटमा सन्ध्याकालीन आरती हुने

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकारधाम घाटमा साप्ताहिक रूपमा सन्ध्याकालीन आरती शुभारम्भ हुने भएको छ । परमार्थ सिङ्घिया आरती सेवा समितिले भोलिदेखि प्रत्येक शुक्रबार सन्ध्याकालीन आरती गर्न लागेको हो । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रत्येक शुक्रबार र विशेष पर्वको दिन आरती गरिने जनाएको छ । समितिका संयोजक तथा पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले कोशी प्रदेश सरकारका मुख...
कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आदिवासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा ब...
कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

विराटनगर । कोशी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा खगेन्द्र श्रेष्ठ चयन भएका छन् । सुनसरीको इटहरीमा सम्पन्न संघको १२ औं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा लिलाराज पराजुली, महासचिवमा राजनकुमार तिमल्सिना, सचिवमा रोमन कटेल र कोषाध्यक्षमा सन्तोष भगत चयन भएका छन् । तत्कालीन कोशी अञ्चलका व्यवसायीहरू सङ्गठित भएर स्थापना गरिएको यो संघम...
अस्पतालबाट फरार भएका मोरङ कारागारका कैदी पक्राउ

अस्पतालबाट फरार भएका मोरङ कारागारका कैदी पक्राउ

विराटनगर । उपचारका लागि अस्पताल लगिएका बेला फरार भएका जिल्ला कारागार मोरङका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमदलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार उनलाई मोरङको जहदा गाउँपालिका–१ तरेगामाबाट पक्राउ गरिएको हो । पेट दुख्ने समस्या भएपछि उनलाई उपचा...
झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापा । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवकको मृत्यु भएको छ । मेचीनगर–८ शान्ति टोलका १८ वर्षीय आशिष राजवंशीको गएराति भएको प्रहरीले जनाएको छ । राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि अस्पताल पुर्याउन लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको थियो ।
मुसहर बस्तीमा शिक्षाको ज्योति बनेका ‘राजु सर’

मुसहर बस्तीमा शिक्षाको ज्योति बनेका ‘राजु सर’

विराटनगर । राजु क्षेत्री अर्थात राजु सर । विराटनगर–१६ दरहैयास्थित मुसहर बस्तीका बालबालिका र अभिभावकका लागि प्रिय नाम हो । उनी धेरै का प्रेरणाका स्रोत पनि हुन् । राजु सर जब मुसहर बस्ती पुग्छन्, बालबालिका झुम्मिन पुगिहाल्छन् । ‘ट्राइ साइकल’ धकेलेर राजु सरलाई पढ्ने भवनको कोठासम्म पुर्‍याउँछन् । उनी बालबालिकाको खुसी देखेर आफ्ना सबै दुःख बिर्सिन्छन् । ट्राइ साइकलको यात्रा । सडकले दिएको सास्ती । कहिल...
तीन जिल्लाका प्रशासक र सुरक्षा अधिकारी धनकुटामाः अपराध नियन्त्रणमा सहकार्य गरिने

तीन जिल्लाका प्रशासक र सुरक्षा अधिकारी धनकुटामाः अपराध नियन्त्रणमा सहकार्य गरिने

धनकुटा । धनकुटाको पख्रीबासमा कोशी प्रदेशका तीन जिल्लाका प्रशासक तथा सुरक्षा अधिकारीहरूको सहभागिता सुरक्षा तथा समन्वयको बैठक गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा आज भएको बैठकमा सङ्खुवासभा, भोजपुर र धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । बैठकमा तीनवटै जिल्लाका साझा विषयमा विषयमा छलफल भएको थियो । जिल्लामा विपत व्यवस्थापन सम्बन्धी, शान्ति सुरक्षा व...
भेडेटारमा गाँजा बोकेको मिनी ट्रकसहित एकजना पक्राउ

भेडेटारमा गाँजा बोकेको मिनी ट्रकसहित एकजना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट गाँजा बोकेको मिनी ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक सहिदभूमि गाउँपालिका–५ का २८ वर्षीय भूमिराज राईलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब निरीक्षक रमेश प्रधान नेतृत्वको टोलीले धनकुटाबाट धरान जाँदै गरेको को १ ख ३८०८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । चालक बस्ने सिट पछाडि लुकाएर राखेको अवस्थ...
काठमाडौँ उडेको बुद्धको जहाज बीचबाटै विराटनगर फिर्ता, बालकको मृत्यु

काठमाडौँ उडेको बुद्धको जहाज बीचबाटै विराटनगर फिर्ता, बालकको मृत्यु

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा अभिभावकसँग उपचारका लागि गइरहेका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी ताराकिरण राईका पाँच वर्षीय छोरा संयोग हाङको मृत्यु भएको हो । विराटनगरबाट ५७ जना यात्रु लिएर आज दिउँसो करिब साढे १२ बजेतिर काठमाडौंका लागि उडेको जहाजमा केही बेरपछि बालकलाई श्वासप्रश्वासमा समस्या भएको थियो । यसबारे कर...
उत्कृष्ट १० मा तेह्रथुम र सोलुखुम्बु, धनकुटा १३ औं (देशभरको सूचीसहित)

उत्कृष्ट १० मा तेह्रथुम र सोलुखुम्बु, धनकुटा १३ औं (देशभरको सूचीसहित)

विराटनगर । कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ५७ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९० भन्दा बढी अङ्क ल्याएका छन् । उत्कृष्ट १० को सूचीमा कोशी प्रदेशका तेह्रथुम र सोलुखुम्बु परेका छन् । धनकुटा १३ औं नम्बरमा परेको छ । ९५.८७ अङ्क ल्याउँदै धनकुटा मूल्याङ्कन सूचीको १३ नम्बरमा परेको हो । यस्तै, ९५.२५ अङ्कका साथ झापा १७ औं नम्बरमा परेको छ भने ९४.३१ अङ्कसाथ सुनसरी २६ औं र ९२.७५ अंक ल्याएर मोरङ ३९ औं नम्ब...
भोजपुरको अरुण गाउँपालिका कार्यालय अन्यत्र नसार्न माग

भोजपुरको अरुण गाउँपालिका कार्यालय अन्यत्र नसार्न माग

धनकुटा । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक कार्यालय अन्यत्र नसार्न स्थानीयले माग गरेका छन् । उक्त कार्यालय अन्यत्र सार्न लागिएको भन्दै उनीहरूले त्यसो नगर्न माग गर्दै सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा ज्ञापन पत्र बुझाएका हुन् । अरुण गाउँपालिका पूर्वअध्यक्ष गजेन्द्रबहादुर कार्की, स्थानीय बासिन्दा, जनप्रतिनिधि र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू सहित कार्यपालिका सदस्यहरूले ज्ञापन पत्र ब...
मोरङको धनपालधानमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोरङको धनपालधानमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । मोरङको धनपालथानमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार धनपालथान–७ का ४० वर्षीय विनोद बहरदारको गएराति मृत्यु भएको हो । विराटनगर–रंगेली सडकखण्ड अन्तर्गत गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमा बीआर ११ एच ७६६८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । गम्भीर घाइते भएका बहरदारलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थि...
error: Content is protected !!