भेडेटार फुड फेस्टिभलमा डेढ करोडको कारोबार
धनकुटा । धनकुटाको भेडेटारमा सम्पन्न १२ औं फुड फेस्टिभल अर्थात खाना महोत्सवमा डेढ करोडको कारोबार भएको छ । होटल एशोसियसन भेडेटारको आयोजनामा पुस १६ गतेबाट तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा डेढ करोड बराबरको कारोबार भएको हो ।
दुई करोड आर्थिक कारोबार हुने लक्ष्य राखिए पनि डेढ करोडको कारोबार भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुलराज लिम्बूले जानकारी दिए ।
‘४० देखि ५० हजार आन्तरिक तथा बाह्य पर्यटक...





























