अब सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र, कोशीबाट सुरु गरिने

अब सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र, कोशीबाट सुरु गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् ।  आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको उनले उल्लेख गरे । ‘मानव अङ्गदानका ला...
जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

ताप्लेजुङ । जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा भोलि बुधबारदेखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेर उडान सुरु गर्न लागेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए उडान गर्ने निधो भएको छ । निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसयता उडान गरेको छैन । यसअघि सोमबार, बुधबार र...
झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । मे ४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री बाह्रदशी–१ नयाँबस्तीका ४२ वर्षीय च्याङ्वा तामाङको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कचनकवल गाउँपालिका–१...
युवतीलाई मौरिसस पुर्‍याएर ‘बेचेको’ आरोपमा झापाका एकजना पक्राउ

युवतीलाई मौरिसस पुर्‍याएर ‘बेचेको’ आरोपमा झापाका एकजना पक्राउ

झापा । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन गरेको आरोपमा झापाका एक जनालाई पक्राउ गरेको छ । ग्रीन कार्डको लोभ देखाएर एकजना युवतीलाई मौरिसस पुर्याएको आरोपमा झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरिएको हो । २७ वर्षीया पीडित युवतीले गत असार २० गते मौरिससबाट फर्केपछि ब्युरोमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार ती युवतीलाई मासिक ७० हजार तलब हुने कुकको का...
धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

सुनसरी । धरान उपमहानगरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा होटल सञ्चालिका ४९ वर्षीया प्रमिला योङदेनसमेत आठजना छन् । अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । इलाक...
बन्चरो प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

बन्चरो प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

सिन्धुली । बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । ६० वर्षीय लालबहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनका छोरा २१ वर्षीय अमृत घिमिरे विक पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ पन्थचौरी लामपातका लालबहादुरलाई सुतेको अवस्थामा गएराति छोरा अमृतले बन्चरो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानका...
मधेश प्रदेश सरकारबाट आठजना राज्यमन्त्रीलाई हटाइयो

मधेश प्रदेश सरकारबाट आठजना राज्यमन्त्रीलाई हटाइयो

वीरगन्ज । मधेश सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मङ्गलबार पत्र पठाइएको छ । केन्द्रको सत्तारुढ दलहर...
सप्तरीमा पुलबाट ट्रक खस्दा मोरङको उर्लाबारीका चालकको मृत्यु

सप्तरीमा पुलबाट ट्रक खस्दा मोरङको उर्लाबारीका चालकको मृत्यु

विराटनगर । सप्तरीमा क्लिङ्कर बोकेको ट्रक दुर्घटना हुँदा मोरङको उर्लाबारी घर भएका चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५, मोहनपुर पुलमा आज बिहान भएको दुर्घटनामा चालक उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो । मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको ट्रक क्लिङ्कर बोकेर गुडिरहेका बेला मोहनपुर पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ...
मोरङको बेलबारीमा मृत अवस्थामा हात्तीको छावा भेटियो

मोरङको बेलबारीमा मृत अवस्थामा हात्तीको छावा भेटियो

विराटनगर । मोरङको बेलबारीमा आज बिहान हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । बेलबारी नगरपालिका–३ मा स्थानीय बासिन्दाले छावा मृत अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । करिब तीन वर्षको उक्त छावा के कारणले मरेको हो भन्ने खुलिसकेको छैन । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञको टोली आएर त्यसबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
विराटनगरका युवा उद्यमीद्वारा रक्तदान

विराटनगरका युवा उद्यमीद्वारा रक्तदान

विराटनगर । विराटनगरका युवा उद्यमीहरूले रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार युवा उद्यमी मञ्च विराटनगरले रानीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा युवा उद्यमीसहित ६२ जनाले रक्तदान गरेको युवा उद्यमी मञ्च विराटनगरका उपाध्यक्ष रोमन कटेलले जानकारी दिए । रक्तदानका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । अन्तर्राष्ट्रिय युवा दिवस...
विद्यार्थीलाई ट्राफिक सुरक्षाबारे सचेतना

विद्यार्थीलाई ट्राफिक सुरक्षाबारे सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्राक्ट क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा ट्राफिक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको कोबास कलेजमा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुन्दर श्याम पोखरेलको टोलीले विद्यार्थीहरूलाई ट्राफिक नियम, अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएका थिए । ट्राफिक सुरक्षाबारे...
विद्यालयस्तरीय बुद्धिचालमा बूढानीलकण्ठका शर्मा प्रथम

विद्यालयस्तरीय बुद्धिचालमा बूढानीलकण्ठका शर्मा प्रथम

विराटनगर । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि बुढानीलकण्ठ माध्यमिक अङ्ग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयमा आज सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका २६ विद्यार्थीलाई पछि पार्दै शर्माले प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा पोखरिया मा...
माछा र भात खाएका एकै परिवारका तीन बालबालिकाको मृत्यु

माछा र भात खाएका एकै परिवारका तीन बालबालिकाको मृत्यु

बारा । माछा र भात खाएका बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी गाउँको एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय नरेश राम चमारका दुईजना छोरी र एक छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पाठे माछा र भात खाएलगत्तै उनीहरूलाई पेट दुख्ने समस्या भएको थियो । स्थानीय क्लिनिकमा प्रारम्भिक उपचारपछि उनीहरूलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै ९ वर्षीया लालिमा रामको मृत्यु भ...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

धनकुटा । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपालले धनकुटामा आयोजना गरेको कार्यक्रममा ५९ पाउण्ड रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी धनकुटा र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र राई प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई लगायतको उपस्थिति थियो । त्यस अवसरमा जनप्रतिनिधि...
भेडेटारमा सात क्विन्टलभन्दा बढी गाँजा बरामद

भेडेटारमा सात क्विन्टलभन्दा बढी गाँजा बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा सात सय किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक पाख्रीबास नगरपालिका–१० का टंकबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनकुटाबाट धरान गइरहेको ना ८ ख १२६८ नम्बरको ट्रक चालक मगरलाई प्रहरी चौकी भेडेटारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । तरकारी बोकेको ट्रकलाई जाँच गर्ने क्रममा २३ वटा बोराभित्र ...
धनकुटा बजारमा म्याद गुज्रेका सामान, जफतपछि नष्ट गरियो

धनकुटा बजारमा म्याद गुज्रेका सामान, जफतपछि नष्ट गरियो

धनकुटा । धनकुटा बजार क्षेत्रका किराना पसल तथा होटलमा छड्के अनुगमन गरिएको छ । बजारका आधा दर्जनभन्दा बढी पसल तथा होटलमा आज अनुगमन गरिएको हो । धनकुटा नगरपालिका-७ का ५ वटा किराना पसल र ४ वटा होटलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ८ हजार २ सय ८५ रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिनुका साथै मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको छ ...
सुनसरीको भन्टाबारीमा दुर्व्यसनी निगरानी कक्ष स्थापना

सुनसरीको भन्टाबारीमा दुर्व्यसनी निगरानी कक्ष स्थापना

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ मा लागूऔषध दुर्व्यसनी निगरानी कक्ष स्थापना गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षको उद्‌घाटन गरिएको हो । प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागूऔषधको प्रयोगले आपराधिक घट...
समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकः एमाले उपाध्यक्ष बराल

समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकः एमाले उपाध्यक्ष बराल

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले समाज परिवर्तनका लागि स्वच्छ राजनीतिको आवश्यकता पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संगालोखबरसँगको कुराकानीमा उपाध्यक्ष बरालले यस्तो बताएका हुन् । राजनीतिसँग जनता असन्तुष्ट नभएको बताउँदै उनले भने, ‘नागरिकको भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि हो । जसरी प्रकृतिमा स्वच्छ हावाको आवश्यकता पर्दछ । समाज परिवर्तनका लागि स्...
झापाको भद्रपुरमा खोलामा डुबेर बालकको मृत्यु

झापाको भद्रपुरमा खोलामा डुबेर बालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–१ निवासी महेश रसाइलीका ९ वर्षीय छोरा सौरभको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पौडी खेल्ने क्रममा उनी डुबेका थिए । स्थानीय देवी खोलामा डुबेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।  
धनकुटाको विश्रान्ति मन्दिरमा साउनको अन्तिम सोमबार श्रद्धालुको भीड

धनकुटाको विश्रान्ति मन्दिरमा साउनको अन्तिम सोमबार श्रद्धालुको भीड

धनकुटा । आज साउन महिनाको अन्तिम सोमबार धनकुटाको विश्रान्ति मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ । धनकुटा नगरपालिका–९ स्थित विश्रान्ति मन्दिरमा भक्तजनहरुले तमोर नदी र लेउती खोलाको संगम स्थलबाट जल ल्याएर चढाउने गरेका छन् ।  उक्त संगम स्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । विश्रान्तिमा बिहानैदेखि भक्तजनहरू जल लिएर बोलबम भजनसहित आएका थिए । मन्दिरमा धनकुटासहित कोशी प...
झापाको दमकबाट पेस्तोलसहित युवक पक्राउ

झापाको दमकबाट पेस्तोलसहित युवक पक्राउ

झापा । झापाको दमकबाट पेस्तोलसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–५ बाट आज बिहान दमक–८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन् । को ३८ प ५६४९ नम्बरको स्कुटरमा आइरहेका गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले रोकेर जाँच गर्ने क्रममा पेस्तोल भेटिएको थियो । उनको साथबाट पेस्तोलको दुईथान म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट धरान आइरहेको बस चितवनमा ट्रकसँग ठोक्किँदा १० जना घाइते

काठमाडौँबाट धरान आइरहेको बस चितवनमा ट्रकसँग ठोक्किँदा १० जना घाइते

सुनसरी । काठमाडौँबाट सुनसरीको धरान आइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५, पम्फा पुलमा ट्रकसँग ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरान आइरहेको बा प्र०१–००६ख ४७९९ नम्बरको बस र  ना६ख ५९२७ नम्बरको ट्रक आज बिहान ठोक्किएका थिए । प्रहरीका अनुसार घाइतेमध्ये सातजनाको अवस्था मध्यम छ भने तीनजनाको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेह...
कोशीमा भदौ पहिलो साता मन्त्रिपरिषद् विस्तार हुने

कोशीमा भदौ पहिलो साता मन्त्रिपरिषद् विस्तार हुने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ पहिलो साता मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आज संसदीय पत्रकार मञ्चमा आबद्ध सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । काङ्ग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गरेसँगै सरकारले पूर्णता पाउने उनले उल्लेख गरे । संविधानको धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेको सरकारको ...
विराटनगरको गोल्डेन अस्पताल अब आफ्नै भवनबाट सञ्चालन

विराटनगरको गोल्डेन अस्पताल अब आफ्नै भवनबाट सञ्चालन

विराटनगर । विराटनगर–११, जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्‌घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्‌घाटन गरिएको हो । विराटनगरको हस्पिटल चोकबाट सञ्चालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुविधासम्पन्न भवन निर्माण गरेको हो । केही समय पुरानो ठाउँबाट पनि सेवा सञ्चालन गरिने अस्पतालका प्रबन्ध निर्...
विराटनगरको लाइफगार्ड अस्पतालमा आगोले डेढ करोडको क्षति

विराटनगरको लाइफगार्ड अस्पतालमा आगोले डेढ करोडको क्षति

विराटनगर । विराटनगरको बरगाछीस्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयूमा आज दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । विराटनगर महानगरपालिकाको दमकल प्रयोग गरी एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि यकिन भइसकेको छैन । यसबारे अनुसन्धान भ...
विराटनगरको सेन्टजोसेफले अनौठो तरिकाले गर्यो विद्यार्थीलाई स्वागत

विराटनगरको सेन्टजोसेफले अनौठो तरिकाले गर्यो विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगरको ‘सेन्टजोसेफं प्लस टु’ ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अनौठो तरिकाले स्वागत गरेको छ । स्कुल परिसरमा एक फरक कार्यक्रमको आयोजना गरेर स्कुलले विद्यार्थीहरूलाई नयाँ तरिकाले स्वागत गरिएको डाइरेक्टर रोहितजंग थपलियाले जानकारी दिए । उनले अन्यभन्दा फरक रूपमा सेन्टजोसेफलाई चिनाउन पनि ‘फ्रेसर पुल पार्टी’ को आयोजना गरेको बताए । यस कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा पनि...
जन्मदिनमा आश्रमका बालबालिकालाई भोजन

जन्मदिनमा आश्रमका बालबालिकालाई भोजन

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सङ्घीय सांसद योगेन्द्र मण्डलले आश्रममा छोराको जन्म दिन बालबालिकालाई सहयोग गरी मनाएका छन् । छोरा तेजस्वीको २३औं जन्म दिन विराटनगरको पूर्वाञ्चल बाल आश्रममा आश्रितहरूलाई खाना खुवाएर मनाएका हुन् । पछिल्लो समय तडकभडकका साथ जन्म दिन मनाउने र अनेकन बिकृति मौलाइरहेको बेला त्यसलाई चिर्दै छोराको जन्म दिन आश्रममा मनाएको उनले बताए । अनावश्यक पैसा खर्च गरेर तडकभ...
विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगर । विराटनगरको बरगाछीस्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आज दिउँसो पौने ३ बजेतिर आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास जारी छ । विराटनगर महानगरपालिकाको दकमल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अस्पताल प्रशासनका अनुसार आगलागीका बेला आईसीयूमा कोही बिरामी थिएनन् । आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको छ । यकिन कार...
मोरङको सुन्दरहरैँचामा श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मोरङको सुन्दरहरैँचामा श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचामा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका–१० का ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् । घरायसी विवादका क्रममा आज बिहान उनले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार गम्भीर घाइते महिलालाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएको थियो । उपचारका क्...
सोलुखुम्बुमा करेन्ट लागेर एकजनाको मृत्यु, तीनजना घाइते

सोलुखुम्बुमा करेन्ट लागेर एकजनाको मृत्यु, तीनजना घाइते

सोलुखुम्बु । सल्लेरीमा करेन्ट लागेर विद्युत् कम्पनीका एकजना कर्मचारीको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो अपराह्‍न बिजुलीको तार आसपासको रूख बिरुवा काँटछाँट गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । फाप्लुस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्...
चोरीमा संलग्न झापाको अर्जुनधाराका तीनजना बन्दुकसहित पक्राउ

चोरीमा संलग्न झापाको अर्जुनधाराका तीनजना बन्दुकसहित पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित एक पसलबाट सामान चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक बरामद गरिएको छ । उनीहरूले स्थानीय इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेको प्रहरीले जनाएको छ । शनिश्चरेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गर...
error: Content is protected !!